News Portal

ताप्लेजुङ दोभानको बजार जल्दा १ करोड ६० लाख नगद जल्यो, कुल ४० करोडको क्षति, ५० घरका ६३ परिवार विस्थापित

हिमालीसंचार संवाददाता
४२७ पटक

ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ खाम्लुङको दोभान बजारमा मंगलवार बिहान भएको आगलागीमा ४० करोड ५ लाख ७४ हजार रुपैयाँबराबरको क्षति भएको छ । उक्त विवरण गाउपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको संयोजकत्वमा गठित समितिले बिहीबार बिहान सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गरेको हो ।

जिल्लाको खाम्लुङ दोभान बजारमा ५० घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने तिनका धरधनी तथा डेरावालसहित ६३ घरपरिवार विस्थापित भएको विवरणमा उल्लेख छ। आगलागीबाट १ करोड ६० लाख रुपैयाँ नगदै जलेको पनी आङदेम्बेले बताए।

यसअघि गाउँपालिकाले निकालेको प्रारम्भिक तथ्यांकमा ४९ घर जल्दा ५५ परिवार विस्थापित भएको उल्लेख थियो। त्यसपछि एक घर र ८ परिवार थप भएको आङदेम्बेले जानकारी दिए। उनका अनुसार विस्थापित हुनेमा १ सय ५६ जना पुरुष र १ सय ६८ जना महिला गरी ३ सय २४ जना छन्। सरकारी कार्यालयहरूको क्षति मात्रै १ करोड २२ लाख ५० हजार रुपैयाँबराबर रहेको विवरणमा उल्लेख छ। गाउँपालिका, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, ग्लोबल आईएमई बैंक र दोभान मनी ट्रान्स्फरमा पनि क्षति पुगेको आङदेम्बेले बताए।

गाउँपालिकाले पीडितलाई राहत वितरणमा एकद्वार नीति लिएको छ। गाउँपालिकाका प्रवक्ता सूर्यप्रकाश बराइलीका अनुसार सहयोगी संस्थाले ल्याएको राहत गाउँपालिकामार्फत वितरण गर्ने नीति बनाइएको हो।

यसका लागि आगलागी भएको क्षेत्रमा गाउँपालिकाले हेल्प डेस्क स्थापना गरेको छ। बुधबार र बिहीबार बिहान आएको राहत सामग्री बुझ्ने काम भएको बराइलीले जानकारी दिए। बुधवार गौरादहका फर्निचर व्यवसायी र बिहीबार इसाई समाजले टेन्ट, पाल, कम्बल, चिनी, चिउरालगायत सामग्री उपलब्ध गराएका छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...