News Portal

पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन् : शान्ता चौधरी

हिमालीसंचार संवाददाता
३८७ पटक

        तस्विर फाइल

काठमाडौं – नेकपा सचेतक शान्ता चौधरीले दाहाल–नेपाल समूहले निलम्बन गर्ने अधिकार नभएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत ‘हामी हाम्रो घरमा शानदार रुपमा बस्छौं, घरलाई सुन्दर बनाउँछौं। पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन् ‘ भन्नुभएको छ।

दाहाल–नेपाल समूहको नेकपाको केन्द्रीय कमिटी बैठकले ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ। बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी आचरण विरुद्धको काम गरेको भन्दै सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, महेश बस्नेत, विशाल भट्टराई, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो।

बैठकले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलाई पनि पदमुक्त गर्ने निर्णय गरेको छ। यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने स्थायी कमिटीको निर्णयलाई अनुमोदनसमेत गरेको छ।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...