News Portal

पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन् : शान्ता चौधरी

हिमालीसंचार संवाददाता
४४२ पटक

        तस्विर फाइल

काठमाडौं – नेकपा सचेतक शान्ता चौधरीले दाहाल–नेपाल समूहले निलम्बन गर्ने अधिकार नभएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत ‘हामी हाम्रो घरमा शानदार रुपमा बस्छौं, घरलाई सुन्दर बनाउँछौं। पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन् ‘ भन्नुभएको छ।

दाहाल–नेपाल समूहको नेकपाको केन्द्रीय कमिटी बैठकले ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ। बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी आचरण विरुद्धको काम गरेको भन्दै सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, महेश बस्नेत, विशाल भट्टराई, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो।

बैठकले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलाई पनि पदमुक्त गर्ने निर्णय गरेको छ। यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने स्थायी कमिटीको निर्णयलाई अनुमोदनसमेत गरेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...