News Portal

विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता हुने

हिमालीसंचार संवाददाता
४४४ पटक

फाल्गुन १६ आईतबार
रबिन्द्र बराल – प्रदेश १ को राजधानी विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ को प्रतियोगिता आयोजना हुने भएको छ। एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फाल्गुण १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन गर्ने आयोजक संस्थाले जनाएको छ।

शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अमरसिंह लहायो मगरले प्रतियोगिताका लागि प्रदेश १ को राजधानी विराटनगर र इटहरीमा अडिसन सञ्चालन गरिने जानकारी दिएका छन्।

अध्यक्ष मगरले प्रतियोगितामा १५ देखि २५ वर्ष उमेर समुहका युवा युवतीहरुले सहभागिता जनाउन सक्ने बताएका छन्। उनले प्रतियोगिताबाट मिस एण्ड मिस्टर आइकोनिकको एक/एक जना विजेता, उपविजेता र तेस्रो स्तरको बिजेता बन्ने जानकारी दिए।

सो प्रतियोगितामा प्रथम हुने मिस्टर र मिस आइकोनिकले नगद, क्राउन, प्रमाणपत्र, एक वर्षको जिम निशुल्क, एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा, म्युजिक भिडियोमा अभिनय गर्ने अवसर, फोटोसुट, एक वर्षका लागि निशुल्क शिक्षा, दुई दिने भ्रमण र इन्ट्रो भिडियो साथै गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने आयोजकले जनाएका छन्।

प्रतियोगितामा दोस्रो हुने मिस एण्ड मिस्टर आइकोनिले क्राउन, प्रमाणपत्र, ६ महिनाको जिम निशुल्क, एक वर्षका लागि ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा, विभिन्न फोटोसुट, इन्ट्रो भिडियो साथै गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने छन् भने, तेस्रो हुने मिस एण्ड मिस्टर आइकोनिकले क्राउन, प्रमाणपत्र, तीन महिनाको जिम निशुल्क, एक वर्षका लागि तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा, इन्ट्रो भिडियो, विभिन्न फोटोसुट र गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने अध्यक्ष मगरले बताए।

सो प्रतियोगितामा सहभागि हुने अन्य प्रतियोगिहरुलाई रनवे ट्रेनिङ, टेवल म्यानर, आधाभूत मेकअप, पब्लिक स्पीकिङ, आरजे/भिजे, व्यक्तित्व विकास, स्किन केयर र मोटिभेसनल तालिमहरुसमेत प्रदान गरिने जनाएका छन्।

अध्यक्ष मगरका अनुसार एएचपी इन्टरटेन्मेन्टले विगत पाँच वर्षदेखि सौन्दर्य प्रतियोगितामा हुने नराम्रा बिकृत्ति हटाउँदै विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...