News Portal

  • इटहरीमा ३० करोडको लगानीमा ‘इप्पी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्चालनमा, फागुन १७ गते उद्घाटन हुने

    हिमालीसंचार संवाददाता
    ३८३ पटक

    इटहरी – इटहरी उपमहानगरपालिका इटहरी-२, तालतलैया नजिकै आकर्षक ‘इप्पी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्चालनमा आएको छ । अघिल्लो वर्ष चैतदेखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको पार्क एक वर्ष पछि सञ्चालनमा आएको भए पनी उद्घाटन आगामी फागुन १७ गते उद्घाटन हुने भएको छ।
    कोभिड-१९ महामारीको कारण सञ्चालनमा ढिलाइ भएको सञ्चालक मध्येका भीम बहादुर पौडेलले बताए ।  पूर्वकै केन्द्र मानिएको इटहरी स्थित वडा नं २ मा शान्त वातावरणमा इपी ल्यान्ड एन्ड वाटर पार्क निर्माण गरिएको हो । शहरमा मनोरञ्जनको लागि व्यवस्थित पार्क आवश्यक पर्ने भन्दै  परिवारसँग रमाइलोसँग बिताउन वा बिदाको दिन परिवारसँग घुम्नको लागि उपयुक्त वातावरण उपलब्ध गराइएको हो  ।

    पार्क ६ बिघा क्षेत्रफलमा ३० करोडको लगानीमा सञ्चालनमा ल्याइएको सञ्चालक समुहले बताएका छन् ।  पार्कले इटहरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिने उद्देश्य रहेको संचालकले बताएका छन् । पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डिआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौँको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पार्क सञ्चालनमा ल्याएका हुन्। 

    पूर्वको सबैभन्दा ठुलो वाटर पार्क रहेको दाबी गर्दै सञ्चालक भीम पौडेलले पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड राखिएको बताए। एक दिनमा ५ हजारले अवलोकन गर्न सकिने पार्कमा एकै पटक ६ सय मानिसले मनोरञ्जन लिन सक्ने उनको भनाइ छ । ‘जिप लाइन टावर सहित वाल क्लाइम्बीङ (चट्टानमा चढ्ने) स्थान पनि निर्माण गरिएको छ’ – उनले भने  । ‘केही पछि हिउँबाट आनन्द लिन व्यवस्था मिलाइने छ ।’

    पार्कमा प्रदेश नं. १ सँगै भारतका विभिन्न स्थानका दैनिक एक हजारले पार्कको अवलोकन गर्ने लक्ष्य राखिएको उनले प्रस्ट पारे । अहिले ६० जनाले प्रत्यक्ष रोजगारी पाएकामा र पछि ६ सय जनासम्मले रोजगारी प्राप्त गर्ने उनले बताए ।पार्कको विधिवत् उद्घाटन भने आगामी फागुन १७ गते उद्घाटन हुने भएको छ । उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालद्वारा गरिने पौडेलले जानकारी समेत  दिएका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...