News Portal

इटहरीमा ३० करोडको लगानीमा ‘इप्पी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्चालनमा, फागुन १७ गते उद्घाटन हुने

हिमालीसंचार संवाददाता
४७७ पटक

इटहरी – इटहरी उपमहानगरपालिका इटहरी-२, तालतलैया नजिकै आकर्षक ‘इप्पी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्चालनमा आएको छ । अघिल्लो वर्ष चैतदेखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको पार्क एक वर्ष पछि सञ्चालनमा आएको भए पनी उद्घाटन आगामी फागुन १७ गते उद्घाटन हुने भएको छ।
कोभिड-१९ महामारीको कारण सञ्चालनमा ढिलाइ भएको सञ्चालक मध्येका भीम बहादुर पौडेलले बताए ।  पूर्वकै केन्द्र मानिएको इटहरी स्थित वडा नं २ मा शान्त वातावरणमा इपी ल्यान्ड एन्ड वाटर पार्क निर्माण गरिएको हो । शहरमा मनोरञ्जनको लागि व्यवस्थित पार्क आवश्यक पर्ने भन्दै  परिवारसँग रमाइलोसँग बिताउन वा बिदाको दिन परिवारसँग घुम्नको लागि उपयुक्त वातावरण उपलब्ध गराइएको हो  ।

पार्क ६ बिघा क्षेत्रफलमा ३० करोडको लगानीमा सञ्चालनमा ल्याइएको सञ्चालक समुहले बताएका छन् ।  पार्कले इटहरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिने उद्देश्य रहेको संचालकले बताएका छन् । पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डिआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौँको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पार्क सञ्चालनमा ल्याएका हुन्। 

पूर्वको सबैभन्दा ठुलो वाटर पार्क रहेको दाबी गर्दै सञ्चालक भीम पौडेलले पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड राखिएको बताए। एक दिनमा ५ हजारले अवलोकन गर्न सकिने पार्कमा एकै पटक ६ सय मानिसले मनोरञ्जन लिन सक्ने उनको भनाइ छ । ‘जिप लाइन टावर सहित वाल क्लाइम्बीङ (चट्टानमा चढ्ने) स्थान पनि निर्माण गरिएको छ’ – उनले भने  । ‘केही पछि हिउँबाट आनन्द लिन व्यवस्था मिलाइने छ ।’

पार्कमा प्रदेश नं. १ सँगै भारतका विभिन्न स्थानका दैनिक एक हजारले पार्कको अवलोकन गर्ने लक्ष्य राखिएको उनले प्रस्ट पारे । अहिले ६० जनाले प्रत्यक्ष रोजगारी पाएकामा र पछि ६ सय जनासम्मले रोजगारी प्राप्त गर्ने उनले बताए ।पार्कको विधिवत् उद्घाटन भने आगामी फागुन १७ गते उद्घाटन हुने भएको छ । उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालद्वारा गरिने पौडेलले जानकारी समेत  दिएका छन्। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...