News Portal

केपी ओलीसँग एकताको सम्भावना छैन: अध्यक्ष प्रचण्ड

हिमालीसंचार संवाददाता
४५९ पटक

 

काठमाण्डौ – नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु बीचको अन्तरविरोध सामान्य अन्तरविरोध नभएको बताएका छन् । 

नेकपा अध्यक्ष प्रचण्डले ओलीसँग एकताको सम्भावना नरहेको पनि बताएका छन् ।  शुक्रबार प्राइम टेलिभिजनको अन्तर्वार्ताका क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने ओली प्रतिगमनकारी भएकाले अग्रगमनकारी र प्रतिगमनकारी सँगै हिड्न र एकता गर्न नसक्ने स्पष्ट पारेका हुन् ।

पुनः ओलीसँग पार्टी एकता गरेर जानसक्ने सम्भावना कति छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘मैले त्यस्तो सम्भावना देख्दिन। किनभने हाम्रो दूरी पुस ५ अघिसम्म आन्तरिक थियो । त्यसबेलासम्म हामी स्थायी समिति बैठक सँगै नै बसेका थियौ । तर जव उहाँले पार्टीभित्रको विवाद देखाएर संविधानमाथि घात गर्ने, संसद विघटन गर्ने र हुदै नभएको अधिकार प्रयोग गर्ने दुस्साहस गर्नुभयो, त्यसपछि उहाँ र हाम्रो बीचको अन्तरविरोध अब पार्टीभित्रको सामान्य अन्तरविरोध रहेन ।’

त्यसपछि प्रतिगमन र अग्रगमनबीचको लडाई, क्रान्ति र प्रतिक्रान्तिको लडाइ हुन पुगेको प्रचण्डले बताउदै उनले भने ओली अझै पश्चात गर्ने मनस्थितिमा नरहेको भन्दै संसद विघटनमा असफल भएपछि बरु अझै प्रचण्डलाई ध्वस्त पारेरै छोड्ने भन्दै हिँडेको आफुले सुनेको पनि बताए । 

‘अब त्यस्तो प्रतिगमनकारी, प्रतिक्रान्तिकारी भूमिका खेल्ने अनि पार्टी एकता उनीसंगै हुने भन्ने कुरा कसरी हुनसक्छ ? पार्टी भनेको विचार हो, प्रवृति पनि हो । पार्टीभित्र विभिन्न प्रवृति हुन्छन् तर मुख्य कुरा विचारले नै गाइड गर्ने कुरा हो।’

प्रचण्डले ओली गत पुस ५ पछि प्रतिगमनकारी विचारको मान्छे बनेको भन्दै सर्वोच्चले न्याय दिएर प्रतिनिधिसभा पुनस्र्थापना भएको बताए । प्रचण्डले अन्य लोकतन्त्र र संविधानको पक्षमा मुद्दा मिल्ने दलसँग मिलेर सरकार बनाउन सकिने बताएपनि आफुले अहिले प्रधानमन्त्रीमा दावी नगरेको पनि स्पष्ट बताए ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...