News Portal

केपी ओलीले देव गुरुङ हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त

हिमालीसंचार संवाददाता
४०८ पटक

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्।शुक्रबार देव गुरूङलाई हटाउँदै दलका नेता ओलीले भट्टराईलाई नेकपा ओली समुहका प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संघीय संसदीय दलको विधान २०७५ को दफा १३ वमोजिम भट्टराईलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गरेको जनाएको छ। 

शुक्रबार बालुवाटारमा आयोजित प्रदेश १ का सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले भट्टराईले प्रमुख सचेतक बनाएको संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए।

‘प्रदेश १ का सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्रीले देव गुरूङलाई धन्यवाद दिँदै प्रमुख सचेतकमा भट्टराईलाई जिम्मेवारी दिनुभएको हो’, नेम्बाङले भने। यसैबीच नवनियुक्त प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्रीले आफूलाई जिम्मेवारी दिएको बताए।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...