News Portal

  • सरकारले फेरि गर्‍यो ३१ सहसचिवको सरुवा, को कहाँ ?

    हिमालीसंचार संवाददाता
    ३२९ पटक

    काठमाडाैं – १६ सचिव सरुवाको १३ दिनपछि सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ। ११ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको अन्तरमन्त्रालय सरुवा गरेको हो। यसअघि सहसचिवको काजसरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएकोमा विवादित बन्न थालेपछि यसपटक मन्त्रिपरिषद्बाटै सरुवा गरिएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक रूपनारायण भट्टराईको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ। प्रधानमन्त्री कार्यालयमातहतकै राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री कार्यालय लगिएको छ।

    मैनाली आन्तरिक राजस्व विभागमा जान चाहन्थे, तर सरकारले यसअघि नै सहसचिव झक्कप्रसाद आचार्यलाई पठाइसकेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र यातायात विभागका महानिर्देशक गोगनबहादुर हमाल सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका खगेन्द्रप्रसाद रिजाल र शिवकुमार कार्की गृह मन्त्रालय र गृहका रमेश सिवाकोटीको अख्तियारमा सरुवा भएको छ। लगानी बोर्डका धर्मेन्द्रकुमार मिश्र मधेसी आयोग र प्रदेश २ मा रहेका भुपाल बराल लगानी बोर्डमा आएका छन्।

    कर्णाली प्रदेशमा रहेका घनश्याम उपाध्यायको गृह मन्त्रालयमा सरुवा भएको छ। रक्षा मन्त्रालयका रामप्रसाद आचार्य प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्री कार्यालयका आनन्द काफ्ले अर्थ मन्त्रालय, अख्तियारका प्रकाश पौडेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृहका रमेश न्यौपानेको खानेपानी मन्त्रालय र खानेपानीका रितेशकुमार शाक्यको अख्तियारमा सरुवा भएको छ।

    त्यस्तै, संघीय मामिलाका ऋषि तिवारी भूमि व्यवस्था, गृह मन्त्रालयका पुण्यविक्रम पौडेल कर्णाली प्रदेश, गृहकै अर्जुनकुमार शर्मा अख्तियार, उमेश बस्नेत विराटनगर महानगरपालिका, हिरालाल रेग्मी कर्णाली प्रदेश र कर्णाली प्रदेशका शोभाकान्त पौडेलको सञ्चार मन्त्रालयमा सरुवा भएको छ। टोकराज पाण्डे रक्षा मन्त्रालय पुगेका छन् भने रघुराम विष्टको सुदूरपश्चिम प्रदेशको अन्तरमन्त्रालयमा सरुवा भएको छ।

    भुवनहरि अर्यालको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, नमराज घिमिरे भौतिक मन्त्रालय, इन्द्रमणि पोखरेल ऊर्जा मन्त्रालय, शिवादेवी दाहाल प्रधानमन्त्री कार्यालय, डा. हरि लम्साल शिक्षा मन्त्रालय तथा शिवलाल तिवारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...