News Portal

सरकारले फेरि गर्‍यो ३१ सहसचिवको सरुवा, को कहाँ ?

हिमालीसंचार संवाददाता
४२७ पटक

काठमाडाैं – १६ सचिव सरुवाको १३ दिनपछि सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ। ११ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको अन्तरमन्त्रालय सरुवा गरेको हो। यसअघि सहसचिवको काजसरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएकोमा विवादित बन्न थालेपछि यसपटक मन्त्रिपरिषद्बाटै सरुवा गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक रूपनारायण भट्टराईको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ। प्रधानमन्त्री कार्यालयमातहतकै राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री कार्यालय लगिएको छ।

मैनाली आन्तरिक राजस्व विभागमा जान चाहन्थे, तर सरकारले यसअघि नै सहसचिव झक्कप्रसाद आचार्यलाई पठाइसकेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र यातायात विभागका महानिर्देशक गोगनबहादुर हमाल सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका खगेन्द्रप्रसाद रिजाल र शिवकुमार कार्की गृह मन्त्रालय र गृहका रमेश सिवाकोटीको अख्तियारमा सरुवा भएको छ। लगानी बोर्डका धर्मेन्द्रकुमार मिश्र मधेसी आयोग र प्रदेश २ मा रहेका भुपाल बराल लगानी बोर्डमा आएका छन्।

कर्णाली प्रदेशमा रहेका घनश्याम उपाध्यायको गृह मन्त्रालयमा सरुवा भएको छ। रक्षा मन्त्रालयका रामप्रसाद आचार्य प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्री कार्यालयका आनन्द काफ्ले अर्थ मन्त्रालय, अख्तियारका प्रकाश पौडेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृहका रमेश न्यौपानेको खानेपानी मन्त्रालय र खानेपानीका रितेशकुमार शाक्यको अख्तियारमा सरुवा भएको छ।

त्यस्तै, संघीय मामिलाका ऋषि तिवारी भूमि व्यवस्था, गृह मन्त्रालयका पुण्यविक्रम पौडेल कर्णाली प्रदेश, गृहकै अर्जुनकुमार शर्मा अख्तियार, उमेश बस्नेत विराटनगर महानगरपालिका, हिरालाल रेग्मी कर्णाली प्रदेश र कर्णाली प्रदेशका शोभाकान्त पौडेलको सञ्चार मन्त्रालयमा सरुवा भएको छ। टोकराज पाण्डे रक्षा मन्त्रालय पुगेका छन् भने रघुराम विष्टको सुदूरपश्चिम प्रदेशको अन्तरमन्त्रालयमा सरुवा भएको छ।

भुवनहरि अर्यालको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, नमराज घिमिरे भौतिक मन्त्रालय, इन्द्रमणि पोखरेल ऊर्जा मन्त्रालय, शिवादेवी दाहाल प्रधानमन्त्री कार्यालय, डा. हरि लम्साल शिक्षा मन्त्रालय तथा शिवलाल तिवारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...