News Portal

सर्वोच्चमा बोलाएर प्रधानन्यायाधीशले सेनाका टहरा हटाउन प्रधानसेनापतिलाई आग्रह

हिमालीसंचार संवाददाता
३७९ पटक

काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालतको निर्माण हुन लागेको नयाँ भवन सेनाको जग्गामा पर्ने भएकाले भवन निर्माणका लागि सेनाका टहरा हटाउन प्रधानसेनापति पूर्णचन्द्र थापालाई निर्देशन दिएका छन्।

मुख्य रजिष्ट्रारले बोलाएर सोमबार प्रधानसेनापति थापा दिउँसो १ बजे सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको नयाँ बन्ने भवनका लागि हाल सेनाले प्रयोग गर्दै आएको जग्गा खाली गरेर सहयोग गर्नका लागि प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई आग्रह गरेका हुन्। 

प्रधानन्यायाधीश र प्रधानसेनापति बीच भएको बैठकमा मुख्य रजिष्ट्रार कुवँर र अरू रजिष्टारको उपस्थिति थियो। अहिलेको सर्वोच्च अदालत रहेको भवन पछाडि सर्वोच्चले नेपाली सेनाको क्यावलरी ब्यारेकभित्रको जग्गामा नयाँ भवन बनाउन टेन्डर आह्वान भसकेको छ। यो जग्गामा सेनाको भवन थियो।

नेपाली सेनाका प्रवक्त सन्तोष बल्लभ पौडेलले प्रधानसेनापति जग्गाको विषयमा कुरा गर्न सर्वोच्च अदालत गएको पुष्टि गरे। हाम्रो क्यावलरी ब्यारेक भएको जग्गामध्ये ९ रोपनी क्षेत्रमा सर्वोच्च अदालतको नयाँ भवन बन्दैछ त्यसैबारे समन्वय गर्न प्रधानसेनापतिज्यू प्रधानन्याधीशलाई भेट्न जानु भएको हो । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...