News Portal

  • धादिङमा सेटिङमा अबैध बालुवाखानी संचालन हुँदा स्थानीय प्रशासन मौन

    अवैधानिक खानी संचालन भैरहँदा सिडियोको बेवास्ता

    हिमालीसंचार संवाददाता
    ३१९ पटक

    काठमाण्डौं – गत कार्तिक महिनामा गृहमन्त्रालयले प्राकृतिक श्रोतको उत्खनन् तथा निकाशीमा नियमन गर्न भन्दै देशैभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी प्राकृतिक श्रोतको उत्खनन् तथा निकाशीमा रोक लगायको थियो । तर त्यसको केही महिना नबित्दै मन्त्रालयले उक्त निर्णयमा पुनः हेरफेर गरी त्यसको अधिकार स्थानीय तहलाई दियो ।

    प्राकृतिक श्रोत साधन उपयोगको पुर्ण अधिकार  स्थानीय तहले पाएपछि धादिङ जिल्लामा भने स्थानिय तहका जनप्रतिनिधीकै प्रत्यक्ष संलग्नतामा प्राकृतिक श्रोत साधनमाथीको उत्खनन कार्य बढ्दै गएको छ । जिल्लाका अधिकांश स्थानीय तहका कतिपय जनप्रतिनिधी स्वयं, राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधीकै आफन्तहरुको प्रत्यक्ष लगानीमा अवैध रुपमा प्राकृतिक श्रोत साधनमाथी दोहन बढेको हो । 

    सत्ता र शक्तिको आडमा सार्वजनिक तथा व्यक्तिको निजी जग्गामा जनप्रतिनिधि र प्रशासनसंगको मिलेमतोमा बालुवा तस्करहरुले प्राकृतिक श्रोतमाथी निरन्तर दोहन भैरहँदा पनि जिल्ला प्रशासन कार्यालय रमिते बनिदिँदा अवैध रुपमा प्राकृतिक श्रोतमाथीको उत्खनन कार्य झन्झन् बढ्दै गएको छ भने अवैध उत्खननले गर्दा खानी संचालित् स्थानमा क्षतीको जोखिम नै बढेको छ ।

    उता स्थानीय खानी संचालित् स्थानमा क्षतीको जोखिम बढेको भन्दै स्थानियहरुले स्थानिय प्रहरी र स्थानिय तहमा दिनहुँजसो लिखित् रमौखिक उजुरी र गुनाशो दिएपनि नत स्थानिय तहका जनप्रतिनिधीले भने त्यसबारे चासो नै नदिएको उनिहरु बताँउछन् ।

    प्राकृतिक श्रोतसाधन उपयोगको अधिकार स्थानिय तहले पाएपछि अवैध दोहन रोकिनुपर्नेमा पछिल्लो समय जनप्रतिनिधिकै प्रत्यक्ष संलग्नतामा निर्बाध ढंगले अवैध रुपमा प्राकृतिक श्रोतमाथीको उत्खनन कार्य बढ्दै गएको स्थानीयको गुनाशो छ । 

    पछिल्लो समय धादिङ जिल्लाको बिभिन्न स्थानमा अवैध रुपमा बालुवा उत्खनन् कार्यसमेत तिब्र भएको छ । केहि समय अघी गृह मन्त्रालयले खानी विभागको अधिकार स्थानीय तहलाई दिएपछि जिल्लामा मौन रहेका बालुवा तस्करहरु स्थानीय तहका जनप्रतिनिधि र स्थानिय प्रहरीसंगको मिलेमतोमै निर्वाध ढंगले पुनः अवैध उत्खनन् कार्यमा संलग्न हुन थालेका छन् । 

    उता स्थानिय तहभित्र रहेका प्राकृतिक श्रोत साधनको ठेक्का लगाउने र अनुगमन गर्ने  दुवै अधिकार स्थानीय तहले पाएपनि स्थानीय तहका जनप्रतिनिधिले अप्रत्यक्ष रुपमा आर्थिक लाभ लिने र राजश्व लोभका कारण अवैध उत्खननका उजुरी र गुनाशो आँउदा समेत उनिहरुले सहजै उन्मुक्ति पाउने गरेको स्थानीयको गुनाशो छ । पछिल्लो समय धादिङको धुनिबेशी, थाँक्रे, गल्छि, गजुरी, बेनिघाट रोराङका राजमार्ग क्षेत्रमा असंख्य रुपमा अवैध ढंगले बालुवा खानी संचालन हुँदै आएको छ भने संचालित सवै खानी अबैधानिक हुन् ।

    खानी संचालकहरुले भने निजी घडेरी खार्ने बहानामा अवैध ढंगले बालुवा तस्करी गर्दै आएका छन् । उता सामान्य प्रकृयासमेत पुरा नगरी दिन दहाडै अवैध ढंगले बालुवा तस्करी भैरहँदा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले भने कुनै कारवाहि गर्न नसकेको स्थानीयहरुले बताँउदै आएका छन् । 

    स्थानीय नागरिकहरुले अवैध खानी रोक्न र सम्भावित् क्षतीको जोखिम न्युनिकरणका लागि जिल्ला प्रशासन समक्ष उजुरी र गुनाशो गरेपनि धादिङका प्रमुख जिल्ला अधिकारीले भने  खानी संचालन गर्नुपुर्व खानी विभागको अनुमति लिनुपर्ने र वातावरणिय प्रभाव मुल्यांकन आईईई प्रतिबेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले स्विकृति दिनुपर्ने व्यवस्था भएपनि पछिल्लो समय स्थानीय तहले सम्पुर्ण अधिकार पाएकाले अनुगमन र कारवाहिको गर्ने अधिकार जिल्ला प्रशासनको नभएको बताउँछन् ।

    उता खानी विभागले समेत कति स्थानीय तहले कुन् कुन् स्थानमा उत्खनन्को काम गरिरहेका छन् भन्ने बारे कुनै चासोनै नराख्दा स्थानीय तहमा अवैध दोहन बढ्दै गएको छ ।  खानी विभागका प्रवक्ता जयराज घिमिरेले भने लाईसेन्स नविकरण गर्ने राजश्व संकलन तथा अनुगमनको काम सवै स्थानिय तहले नै गर्नेछ । खानी नियममा अनुगमनको काम सवै स्थानिय तहले नै गर्ने स्पष्ट भनिएको छ ।

    स्थानीयहरुले संयुक्त रुपमा पटक पटक लिखित् उजुरी र गुनासो गरेको महिनौँ बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीले बेवास्ता गर्नाले उनिहरु समेत नियमन भन्दा आर्थिक लाभमा लागेको स्थानीयको गुनासो छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...