News Portal

बाक्सिलामा निःशुल्क स्वास्थ्य शिबिर सुरु, अहिले सम्म १४४ जनाको उपचार

आँखाको शल्यक्रीया गर्नुपर्ने ७ जना बिरामीको पहिचान

हिमालीसंचार संवाददाता
२८७ पटक

खोटाङ – खोटाङको केपीलासगढी गाउपालिका बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर संचालन भएको छ। संचालित स्वास्थ शिविरमा १४४ जनाको स्वास्थ जाच उपचार गरिएको छ।

आयोजित स्वास्थ्य शिविर गाउपालिका अध्यक्ष कृष्ण कुमार राई उद्धाटन गरेका छन्। स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गरेर जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा संचालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायीक अस्पताल जालपासँगको सहआयोजनामा विशेषज्ञ सहितको स्वास्थ्य टोलीले शिबिर सुरु गरेको हो । विशेषज्ञ डाक्टर सहितको शिबिरको पहिलो दिन १४४ जनाले स्वास्थ्य जाँच तथा उपचार गरिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले जानकारी दिए ।

गत शनिबार सुरु गरिएको स्वास्थ्य शिबिरमा पाठेघरको क्यान्सरको अवस्थाका बारेमा थाहा पाउन १० जनाको सर्भाइकल टेष्ट, १८ जनाको भिडियो एक्स–रे, १ सय जनाभन्दा बढिको आँखा जाँच, ३२ जनाको दाँत फुकालिएको, १० जनालाई निःशुल्क चस्मा वितरण गरिएको, विभिन्न रोगका १७ जना विरामी बालबालिकाको चेकजाँच गरिएको छ। त्यस्तै, संचालित शिबिरमा आँखाको शल्यक्रीया गर्नुपर्ने ७ जना बिरामीको पहिचान भएको कार्यक्रम संयोजक राईले बताए । 

सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर जनसेवा अस्पतालले सुरु गरेको अभियान अन्तरगत बाक्सिलामा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको हो । स्वास्थ्य शिबिरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा वालवालिकाको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको थियो। 

गत बुधबार र बिहिबार ऐसेलुखर्कको ऐसेलुखर्कबजारमा दुई दिने स्वास्थ्य शिबिर सम्पन्न गरेका थिए । शिबिरमा १ जना एमडिजिपी, २ जना मेडिकल अफिसर, १ जना बालरोग विशेषज्ञ, १ जना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मी टोलीले उपचार सेवा दिइरहेका जनसेवा सामुदायीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए ।

खोटाङ जिल्लाको उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच बिस्तार गर्ने उद्धेश्यले विस २०६९ सालमा स्थापित जनसेवा सामुदायिक अस्पतालले क्रमशः फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेँसी गाँउपालिकाको हरमटारमा र फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपामा यस्तै निशुल्क स्वास्थ्य शिबिर संचालनको तयारी रहेको छ। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...