News Portal

  • बाक्सिलामा निःशुल्क स्वास्थ्य शिबिर सुरु, अहिले सम्म १४४ जनाको उपचार

    आँखाको शल्यक्रीया गर्नुपर्ने ७ जना बिरामीको पहिचान

    हिमालीसंचार संवाददाता
    २१२ पटक

    खोटाङ – खोटाङको केपीलासगढी गाउपालिका बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर संचालन भएको छ। संचालित स्वास्थ शिविरमा १४४ जनाको स्वास्थ जाच उपचार गरिएको छ।

    आयोजित स्वास्थ्य शिविर गाउपालिका अध्यक्ष कृष्ण कुमार राई उद्धाटन गरेका छन्। स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गरेर जनसेवा समाज नेपाल जालपा र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा संचालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायीक अस्पताल जालपासँगको सहआयोजनामा विशेषज्ञ सहितको स्वास्थ्य टोलीले शिबिर सुरु गरेको हो । विशेषज्ञ डाक्टर सहितको शिबिरको पहिलो दिन १४४ जनाले स्वास्थ्य जाँच तथा उपचार गरिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले जानकारी दिए ।

    गत शनिबार सुरु गरिएको स्वास्थ्य शिबिरमा पाठेघरको क्यान्सरको अवस्थाका बारेमा थाहा पाउन १० जनाको सर्भाइकल टेष्ट, १८ जनाको भिडियो एक्स–रे, १ सय जनाभन्दा बढिको आँखा जाँच, ३२ जनाको दाँत फुकालिएको, १० जनालाई निःशुल्क चस्मा वितरण गरिएको, विभिन्न रोगका १७ जना विरामी बालबालिकाको चेकजाँच गरिएको छ। त्यस्तै, संचालित शिबिरमा आँखाको शल्यक्रीया गर्नुपर्ने ७ जना बिरामीको पहिचान भएको कार्यक्रम संयोजक राईले बताए । 

    सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर जनसेवा अस्पतालले सुरु गरेको अभियान अन्तरगत बाक्सिलामा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको हो । स्वास्थ्य शिबिरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा वालवालिकाको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको थियो। 

    गत बुधबार र बिहिबार ऐसेलुखर्कको ऐसेलुखर्कबजारमा दुई दिने स्वास्थ्य शिबिर सम्पन्न गरेका थिए । शिबिरमा १ जना एमडिजिपी, २ जना मेडिकल अफिसर, १ जना बालरोग विशेषज्ञ, १ जना दन्तरोग विशेषज्ञ गरी १४ जना स्वास्थ्यकर्मी टोलीले उपचार सेवा दिइरहेका जनसेवा सामुदायीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताए ।

    खोटाङ जिल्लाको उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच बिस्तार गर्ने उद्धेश्यले विस २०६९ सालमा स्थापित जनसेवा सामुदायिक अस्पतालले क्रमशः फागुन ११ र १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पाथेका, फागुन १४ र १५ गते रावाबेँसी गाँउपालिकाको हरमटारमा र फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपामा यस्तै निशुल्क स्वास्थ्य शिबिर संचालनको तयारी रहेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...