News Portal

गंगाजमुनामा कृषी औजार खरिदमा भ्रष्टाचार: अध्यक्षको पनि समलग्नता

हिमालीसंचार संवाददाता
२६७६ पटक

धादिङ – धादिङ जिल्लाका गंगाजमुना गाउँपालिकामा चरम भ्रष्टाचार भएको पाइएको छ। गाउँपालिकाले खरिद गरेको घाँस काट्ने मेसिन ‘चाफ कटर’को मोटर खरिदमा गाउँपालिका प्रमुख बलबहादुर अधिकारीको मिलेमतोमा भ्रष्टाचार भएको आरोप छ।

गाउँपालिकाको अनुदान रकममा खरिद गरिएको चाफ कटरको मोटरमा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको पाइएको हो। स्थानियबासीलाई गाउँपालिकाले दिएको चाप कटर ३ हर्स पावर (एचपी)को रहेको छ। तर, खरिद गरिएको मुना भेट फर्माको बिलमा भने ५ एचपीको लेखिएको छ। प्रति मोटर ४९ हजार ८ सय रुपैयाँको दरले बिल गरिएको छ। पालिकाले ६ वटा मोटर खरिद गर्दा २ लाख ९८ हजार ८ सय रुपैयाँको भुक्तानी गरिएको छ।

गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले आफ्नै भाञ्जा पारस अधिकारीलाई अघि सारेर नक्कली बिल खडा गरि भ्रष्टाचार गरेको स्थानियबासीको आरोप छ। अर्का कर्मचारी रविन्द्र थापाको समेत मिलेमतो रहेको आरोप छ।

अनियमितताको आरोप लागेका कर्मचारीहरु अधिकारी र थापालाई गाउँपालिका अध्यक्षले नाटकीय रुपमा विभिन्न वडामा सरुवा गरेर घटना लुकाउने प्रपञ्च रचेका थिए। तर, स्थानियबासीले अनियमितताको छानबीन गर्न भन्दै गाउँपालिकामै निवेदन दिएपछि गाउँपालिकाले स्थानियबासीलाई दिएको उक्त मोटर रातारात फिर्ता ल्याएको पाइएको छ।

गाउँपालिकाले खरिद गरेको ३ एचपीको चाप कटरको मोटरलाई प्रति मोटर ३५ हजार रुपैयाँ मै उपलब्ध हुने भक्तपुरस्थित एसकेटी नेपालले जनाएको छ। उक्त कम्पनिले कृषि औजार बेचविखन गर्दै आएको छ। गाउँपालिकाले ३५ हजारको सामग्रीलाई ४९ हजार रुपैयाँ भन्दा बढीको बिल बनाएर भ्रष्टाचार गरेको भेटिएको हो।

अनियमितताको आरोप लागेका गाउँपालिकाकै कृषि शाखामा कार्यरत कर्मचारी रविन्द्र थापा सुयलले एउटा दुईवटा मोटर मात्रै हेरेर ल्याएको र बक्स भित्र रहेको अरु मोटर नहेर्दा २ वटा ५ एचपीको र अरु चारवटा ३ एचपीको मेसिन आएको बताए। ‘कोटेशनबाट ल्याइएको हो। बिलवाला कम्पनी नै आएको हो,’ उनले आफूहरुको सरुवाको चीठी समेत आएको बताए।

‘चीठी चाहीँ आएको हो । हाम्रौ वडाहरुमा आएको हो। वडा नम्बर ६ र ७ मा आएको हो,’ थापाले भने। अनियमिततामा मुछिएका थापा एक वडाध्यक्षमा भाञ्जा समेत हुन्।

यता गाउँपालिका अध्यक्ष अधिकारीका भाञ्जा पारस अधिकारीलाई सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन चाहेनन्। गाउँपालिका अध्यक्ष अधिकारीले आफ्नै छोरा दिपक अधिकारीलाई स्टोर शाखाको जिम्मा लगाएका छन्। गाउँपालिकाको करोडौं बजेटमा आफन्त नातागोताको जालो फिँजाएर अध्यक्ष अधिकारीले करोडौं घोटाला गरेको स्थानिबासीको आरोप छ। गाउँपालिकाका स्थानियलाई बोयर प्रजातीको बोका भन्दै गाउँकै स्थानियसँग सस्तोमा खरिद गरेर महँगो बिल बनाएको समेत स्रोतले जनाएको छ।

गाउँपालिका अध्यक्ष भन्छन्,‘गाउँपालिकामै आउनुस्, वेभसाइट हेर्नुस् ’ यता गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीलाई सम्पर्क गर्दा कृषी सामग्री खरिदमा भएको अनियमितताको विषयमा बुझ्न गाउँपालिकामै आउन आग्रह गरे। सबै कुरा वेभसाइटमा लेखिएको भन्दै उनले वेभसाइट हेर्न भन्दै आफू प्रतिक्रिया दिनबाट भागे।

वेभसाइटमा हेर्दा गाउँपालिकाले खरिद प्रक्रियासँग जोडेर विज्ञप्ति निकालेको रहेछ। उक्त विज्ञप्तिअनुसार गाउँपालिकाले अनियमितता गर्ने कर्मचारीलाई सरुवा गरेर कारबाही गरेको रहेछ। ‘के अनियमितता गर्ने कर्मचारीलाई सरुवा गरेर कारबाही हुन्छ ?’ एक स्थानियबासीको प्रश्न छ,‘भ्रष्टाचार गरेको विषयमा गाउँपालिकामा उजुरी पर्नु अघि नै गाउँपालिका अध्यक्षले सरुवा गरिसकेँ भनेर विज्ञप्ति निकाल्नुमा उहाँ नै भ्रष्टाचारमा समलग्न हुनुहुन्छ भन्ने हामीलाई लाग्छ।’

प्रतिकृया दिनुहोस्

ड्रोन आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य क्षति, अवस्था नियन्त्रणमा

कुवेत। कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएको घटनामा केही कर्मचारीहरू सामान्य रूपमा घाइते...

युवा शक्ति कुवेतद्वारा नेपाल मानव सेवा संस्थाका बालबालिकालाई सहयोग

काठमाडौँ — युवा शक्ति कुवेतको आयोजनामा नेपालस्थित नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकाहरूका लागि बिहानको...

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...