News Portal

संविधानलाई मास्ने कुचेष्टा नगर्न प्रचण्डको चेतावनी

हिमालीसंचार संवाददाता
३४३ पटक

राजकुमार कार्की
सिन्धुली – पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको ७० वर्षको संघर्षबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई मास्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन्। यो हेक्का राख्न जरुरी छ, इतिहासका ती महान् सहिदहरु कहिल्यै मर्ने छैनन्, सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतन्त्रलाई किच्‍न र मिच्‍न सकिन्छ भन्ने शासकलाई लागेको छ भने, उनीलाई सार्‍है ठूलो भ्रम छ, अध्यक्ष दाहालले सिन्धुलीको मरिण गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै लोकतन्त्र मास्ने भ्रमबाट शासकहरु मुक्त हुनुपर्ने बताए।

शान्तिपूर्ण जनआन्दोलनको श्रृंखला र सशस्त्र जनयुद्धको श्रृंखलाबाट संविधान जारी भएको अध्यक्ष दाहालले सुनाए। ‘अहिले त्यही संविधान र त्यसको मूल मर्ममाथि प्रहार भएको छ,’ उनले भने, ‘नेपाली जनताको बलिदानको उपलब्धिको रुपमा आएको संविधान फेरि ट्र्याकमा आउँछ, लोकतन्त्र फेरि ट्र्याकमा आउँछ।’ उनले छिट्टै प्रतिगमन कदम परास्त हुने बताउँदै उक्त कदमलाई सच्याउन सबै नेपाली एकजुट भएर लाग्नु पर्ने बताए।

‘प्रतिगमनको विरोधमा नेपालमा भएका सबै सचेत नेपाली जनता, राम्रो दिमाग भएका सबै विद्वान् बुद्धिजीबी, विशेषज्ञहरु खडा भएका छन्,’ उनको भनाइ थियो। सिन्धुली जिल्ला आफैंमा परिवर्तन र क्रान्ति उत्पतिको रुपमा परिचित रहेको भन्दै अध्यक्ष दाहालले सिन्धुलीले धेरै ऐतिहासिक क्रान्तिकारी योद्धाहरुलाई जन्म दिएको सुनाए।

मनाङ एयरको हेलिकप्टरबाट मरिण आएका अध्यक्ष दाहालले करिब ५ मिनेट मन्तव्य दिएका थिए। मरिण गाउँपालिकाको नवनिर्मित भवन ६ करोड १९ लाख १८ हजार ९२६ रुपैयाँको लागतमा निर्माण भएको हो।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...