News Portal

  • संविधानलाई मास्ने कुचेष्टा नगर्न प्रचण्डको चेतावनी

    हिमालीसंचार संवाददाता
    २६६ पटक

    राजकुमार कार्की
    सिन्धुली – पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको ७० वर्षको संघर्षबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई मास्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन्। यो हेक्का राख्न जरुरी छ, इतिहासका ती महान् सहिदहरु कहिल्यै मर्ने छैनन्, सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतन्त्रलाई किच्‍न र मिच्‍न सकिन्छ भन्ने शासकलाई लागेको छ भने, उनीलाई सार्‍है ठूलो भ्रम छ, अध्यक्ष दाहालले सिन्धुलीको मरिण गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै लोकतन्त्र मास्ने भ्रमबाट शासकहरु मुक्त हुनुपर्ने बताए।

    शान्तिपूर्ण जनआन्दोलनको श्रृंखला र सशस्त्र जनयुद्धको श्रृंखलाबाट संविधान जारी भएको अध्यक्ष दाहालले सुनाए। ‘अहिले त्यही संविधान र त्यसको मूल मर्ममाथि प्रहार भएको छ,’ उनले भने, ‘नेपाली जनताको बलिदानको उपलब्धिको रुपमा आएको संविधान फेरि ट्र्याकमा आउँछ, लोकतन्त्र फेरि ट्र्याकमा आउँछ।’ उनले छिट्टै प्रतिगमन कदम परास्त हुने बताउँदै उक्त कदमलाई सच्याउन सबै नेपाली एकजुट भएर लाग्नु पर्ने बताए।

    ‘प्रतिगमनको विरोधमा नेपालमा भएका सबै सचेत नेपाली जनता, राम्रो दिमाग भएका सबै विद्वान् बुद्धिजीबी, विशेषज्ञहरु खडा भएका छन्,’ उनको भनाइ थियो। सिन्धुली जिल्ला आफैंमा परिवर्तन र क्रान्ति उत्पतिको रुपमा परिचित रहेको भन्दै अध्यक्ष दाहालले सिन्धुलीले धेरै ऐतिहासिक क्रान्तिकारी योद्धाहरुलाई जन्म दिएको सुनाए।

    मनाङ एयरको हेलिकप्टरबाट मरिण आएका अध्यक्ष दाहालले करिब ५ मिनेट मन्तव्य दिएका थिए। मरिण गाउँपालिकाको नवनिर्मित भवन ६ करोड १९ लाख १८ हजार ९२६ रुपैयाँको लागतमा निर्माण भएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...