News Portal

नेपालमा प्रजातन्त्र दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग – राप्रपा

हिमालीसंचार संवाददाता
४२७ पटक

काठमाडौँ – राप्रपा अध्यक्ष पशुपति शम्शेर राणाले सनातन हिन्दु राष्ट्रको जग नभईकन नेपालमा प्रजातन्त्रको जग दह्रो हुन नसक्ने दाबी गरेका छन्। मंगलबार राप्रपा काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष राणाले नेपालको प्रजातन्त्रलाई दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग बनाउनुपर्ने बताएका हुन्।

उनले यसनिम्ति राजतन्त्र नल्याई सुख नहुने पनि बताए। कम्युनिष्ट र कांग्रेस असफल भएको भन्दै उनले यसबेलामा राप्रपा आन्दोलनमा उत्रिए आफुहरुको मुद्दाले प्राथमिकता पाउने बताएका थिए।

अध्यक्ष राणाले मुलुकलाई स्थिरता दिनका निम्ति कम्युनिष्टलाई जनादेश दिइएको भए पनि ३ वर्षको शासनकालमा सरकारले राम्रो काम गर्न नसकेको बताए। पार्टी संगठन गरेर गए मुलुकलाई भरपर्दो दिशामा लैजाने आफूहरुलाई मौका आएको पनि उनको भनाइ थियो।

त्यसैगरी, अर्का अध्यक्ष कमल थापाले नेतृत्व तहबाट अब पार्टीको विभाजन कहिल्यै नगर्ने प्रतिबद्धता दोहोर्‍याए। विभाजनले पार्टीको विचारलाई कमजोर बनाएको भन्दै उनले पार्टीका लाखौं कार्यकताको भविष्य अन्धकार बनेको पनि बताए। अध्यक्ष थापाले असम्भव ठानिएको हिन्दु राष्ट्र र राजसंस्था केही वर्ष भित्रमै पुनर्स्थापना गराउने दाबी पनि गरे।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रकाशचन्द्र लोहनीले जनताको सहानुभूति आफ्नो पार्टीसँग रहेको दाबी गरे। जनता कांग्रेस र नेकपासँग चेतिसकेको भन्दै उनले जनताले नयाँ राजनीतिक शक्ति खोजेको र आफूहरु सक्षम भए जनताले साथ दिने बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...