News Portal

कम्युनिस्ट युवाहरू कांग्रेसको कार्यालय खोज्दै सदरमुकाममा, हरि विष्टद्वारा स्वागत

हिमालीसंचार संवाददाता
३६० पटक

सुर्खेत – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनतालाई धोका दिएपछि कम्युनिस्ट कार्यकर्ताहरू नै नेपाली कांग्रेसको पार्टी कार्यालय खोज्न थालेका छन्। सुर्खेत जिल्लाको लेकबेशी नगरपालिका–७ का कम्युनिस्ट युवाहरू सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर पार्टी प्रवेश गरेका छन्।

नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले नेकपाका युवाहरूलाई नेपाली कांग्रेसमा स्वागत गर्दै पार्टी प्रवेश गराएका छन्। पार्टी प्रवेश गर्नेमा समरबहादुर घर्ती, रेशम बृकट्टा, रूपलाल तिवारी, ललित सारू, खड्कबहादुर थापा, हर्कबहादुर बराईलीलगायतका युवाहरु रहेका छन्।

नेकपाको नाटक र नौटंकी देखेर आजित भएपछि कांग्रेसमा प्रवेश गरेको समरबहादुर घर्तीले बताए। तरुण दल अध्यक्ष हरि विष्टको समाजसेवाबाट प्रभावित भएर कांग्रेसमा प्रवेश गर्ने प्रेरणा मिलेको समेत उनले बताए।

कोरोना भाइरस संक्रमणको महामारीसँगै सुर्खेतमा समस्या परेका गरीब, असहाय व्यक्तिहरूलाई अध्यक्ष विष्टले निरन्तर सहयोग गर्दै आएका थिए। विष्टको समाजसेवाबाट युवाहरू प्रभावित भएका छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...