News Portal

प्रचण्ड–माधव समूहका गिरी दोब्बर बढी मतले विजयी

हिमालीसंचार संवाददाता
५२९ पटक

दाङ – दाङको राजपुर गाउँपालिकास्थित एक विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपा केपी समूह र नेपाली कांग्रेसको संयुक्त प्यानललाई नेकपाको प्रचण्ड–नेपाल समूहले पराजित गरेको छ। राजपुरको वडा नंं २ स्थित जनज्योति माध्यमिक विद्यालय मटेरियाको व्यवस्थापन समिति अध्यक्षको निर्वाचनमा प्रचण्ड–माधव समूहका अमरराज गिरीको प्यानल विजयी भएको हो।

निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद शर्माका अनुसार ७ सय २५ अभिभावकमध्ये ६ सय ५८ जनाले मतदान गरेकामा प्रचण्ड–माधव समूहका उम्मेदवार गिरीले ३ सय ३६ मत प्राप्त गरेका थिए भने, ओली समूह र कांग्रेसको गठबन्धनका उम्मेदवार ओमप्रकाश यादवले २ सय ९७ मत पाएका थिए।

यस्तै, व्यवस्थापन समिति सदस्यहरुमा पनि प्रचण्ड–माधव पक्षका रामप्रसाद यादवले ३ सय २३ मत, सीमा विकले ३ सय २१ मत र सीमा चौधरीले ३ सय २७ मत प्राप्त गरी विजयी भएका छन्।

ओली समूह र कांग्रेसको संयुक्त प्यानलका उमेदवारहरु मनोज चौधरीले २ सय ८९ मत, भेगी डाँगीले २ सय ९९ मत र दिलमाया पुनले २ सय ९३ मत प्राप्त गरेका निर्वाचन संयोजक शर्माले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...