News Portal

पर्वतको उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित !

हिमालीसंचार संवाददाता
३९९ पटक

पर्वत – पर्वतको उच्च पहाडी भु-भागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने, तल्लो क्षेत्रमा पनि बर्षाका कारण जनजीवन प्रभावित बनेको छ। असोजदेखि हिउँदे बर्षा नभएकोमा शुक्रबार बिहानदेखि बर्षा भएको छ भने, शनिबार बिहान देखि उच्च भेगमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो।

जिल्लाको जलजला गााउँपालिकाको हम्पालको लेक, लेखफाँट, शालिजा, वाँसखर्क, मोदी गाउँपालिकाको क्याङ भुकताङले, मोदी गाउँपालिका र कुस्मा नगरपालिकामा पर्ने पञ्चासे तथा फलेबास नगरपालिकामा पर्ने डहरे र चिसापानीको लेकहरुमा १ फिट बाक्लो हिउँ परेको छ।

हम्पालमा बाक्लो हिउँ जमेको छ भने लेकफाँटको तल गाउँ सम्म नै हिउँ परेको जलजला ५ लेकफाँटका कृष्ण पौडेलले जानकारी दिनुभयो। बिहान ३ बजेपछि हिमपात भएको पौडेलले बताउनुभयो।

वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाईसमेत समस्या भएको छ। हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफुललाई समेत क्षति पुर्याएको स्थानिय कृषकहरुले जानकारी दिएका छन्।

गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा बर्षा र हिमपात हुँदा उपल्लो बस्तीका हिउँदे बाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ। यद्यपी, चिसोले जनजीवन भने प्रभावित भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...