News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पर्वतको उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित !

    हिमालीसंचार संवाददाता
    ३०२ पटक

    पर्वत – पर्वतको उच्च पहाडी भु-भागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने, तल्लो क्षेत्रमा पनि बर्षाका कारण जनजीवन प्रभावित बनेको छ। असोजदेखि हिउँदे बर्षा नभएकोमा शुक्रबार बिहानदेखि बर्षा भएको छ भने, शनिबार बिहान देखि उच्च भेगमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो।

    जिल्लाको जलजला गााउँपालिकाको हम्पालको लेक, लेखफाँट, शालिजा, वाँसखर्क, मोदी गाउँपालिकाको क्याङ भुकताङले, मोदी गाउँपालिका र कुस्मा नगरपालिकामा पर्ने पञ्चासे तथा फलेबास नगरपालिकामा पर्ने डहरे र चिसापानीको लेकहरुमा १ फिट बाक्लो हिउँ परेको छ।

    हम्पालमा बाक्लो हिउँ जमेको छ भने लेकफाँटको तल गाउँ सम्म नै हिउँ परेको जलजला ५ लेकफाँटका कृष्ण पौडेलले जानकारी दिनुभयो। बिहान ३ बजेपछि हिमपात भएको पौडेलले बताउनुभयो।

    वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाईसमेत समस्या भएको छ। हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफुललाई समेत क्षति पुर्याएको स्थानिय कृषकहरुले जानकारी दिएका छन्।

    गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा बर्षा र हिमपात हुँदा उपल्लो बस्तीका हिउँदे बाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ। यद्यपी, चिसोले जनजीवन भने प्रभावित भएको छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १६, २०८२ (मे ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७० वर्षपछि मात्रै वृद्धभत्ता : सरकारको निर्णयले ल्यायो नयाँ मोड

    काठमाडौं, जेठ १५ – अबदेखि सरकारले प्रदान गर्ने वृद्धभत्ता लिन ७० वर्षको उमेर पुग्नुपर्ने भएको...

    दुर्गा प्रसाईंको समूह आजको राजावादी आन्दोलनमा सहभागी नहुने

    काठमाडौं, जेठ १५ – राजधानी काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा आयोजना गरिएको...

    सुनको भाउमा फेरि गिरावट, उच्च विन्दुबाट १० हजारभन्दा बढीले घट्यो

    काठमाडौं, जेठ १५  — नेपाली सुन बजारमा पछिल्ला दिनहरूमा देखिएको चहलपहलसँगै बिहीबार फेरि सुनको मूल्यमा...

    स्थायित्व दिन नसक्नु माओवादी आन्दोलनको मूल कमजोरी हो : महासचिव विप्लव

    रुपन्देही, जेठ १५ – गणतन्त्र दिवसको अवसरमा रुपन्देहीको बुटवलमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा नेकपा माओवादीका...