News Portal

म्यानमारको सैन्य ‘कु’ विरुद्ध माइतीघरमा नागरिक प्रदर्शन

हिमालीसंचार संवाददाता
४०५ पटक

काठमाडौं – म्यानमारमा भएको सैनिक ‘कु’ विरुद्ध विरोध गर्दै काठमाडौ माइतीघरमा प्रदर्शन गरिएको छ। बृहत् नागरिक आन्दोलनका अगुवाहरुले सोमबार दिउँसो माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

माइतीघरमा विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा सहभागीहरुले ‘कु’फिर्ता लिन म्यानमारको सेनालाई चेतावनी दिए। प्लेकार्डमा ‘म्यानमारमा नागरिक सर्वोच्चता कायम गर’,‘हामी म्यानमारका जनताको साथमा छौं’,‘सैन्य कु मुर्दावाद’ जस्ता विभिन्न नारा लेखिएका थिए।

म्यानमारमा सेनाले सोमबार बिहान सत्ता कब्जा गरेको हो। सोमबार बिहानै सत्ता कब्जा गरेसँगै सेनाका कमान्डर इन चिफ कमान्डर इन चिफ जनरल मिन आङ हलिङले एक वर्षका लागि संकटकाल घोषणा गरेका थिए। संकटकाल घोषणासँगै शहरमा सडकमा सेना परिचान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोमबार बिहानैदेखि शीर्ष नेताहरूलाई नजरबन्दमा राख्ने तथा नियन्त्रणमा लिने काम भइरहेको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...