News Portal

मकाउमा आर्य-क्षेत्री समाज गठन

हिमाली संचार संवाददाता
२८४० पटक

कर्ण अधिकारी/मकाउ – चीनको स्वशाशीत क्षेत्र मकाउमा बुधबार बसेको भेलाले बिदेशी भूमि मकाउमा कार्यरत रहेका आर्य-क्षेत्रीहरूलाई संगठित गर्न,मकाउमा रहेका बिभिन्न जातीय,राजनिति एवं सामाजिक संघ संस्थाहरूसंग सहकार्य गर्दै मकाउमा कार्यरत रहेका नेपालीहरू र नेपालमा रहनु भएका दुखी पीडितहरूको सुख दु:खमा साथ दिनका लागि निरञ्जन खड्काको अध्यक्षतामा ११ सदसीय आर्य-क्षेत्री समाजको तदर्थ समिति गठन भएको छ।

उक्त तदर्थ समितिमा अध्यक्ष निरञ्जन खड्का,उपाध्यक्ष द्वय तारा बहादुर महत र शेखर बुढाथोकी,महासचिव राजन खत्री,कोषाध्यक्ष पदम सिंह पन्त,सदस्यहरू तुलसि पौडेल,मोहन पन्त,अचुत बडाल,भैरव चन्द,शेर बहादुर कोइराला र घन श्याम ओली रहेका छन्।

बिगतमा मकाउमा जन जातीहरूको नाममा संस्था स्थापना भए पनि हाल आएर आर्य-क्षेत्रीहरूले पनि समाज स्थापना गर्न सफल भएको छ।मकाउका आर्य-क्षेत्रीहरूले आउँदा दिनहरूमा आफ्नो संगठनलाई सामाजिक रूपमा दर्ज गराउनका लागि गहन भूमिका खेल्ने छ।

आजको उक्त भेलामा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति एवं गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद एशिया प्यासेफिक आर्थिक स्थायित्व समितिका सह-संयोजक अम्बिर जोशी,गैर आबासीय नेपाली संघ आईसीसी सदस्य एवं गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका पूर्व अध्यक्ष मुकेश कुमार बरूवाल,नेपाली समाज मकाउका बरीष्ठ सल्लाहकार राजकपुर थपलिया,पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्त साथै केही आर्य-क्षेत्री नेपालीहरूको उपस्थिति रहेको थियो।

उक्त तदर्थ समितिले नै ६ महिना भित्र अधिवेशन गराएर समाजलाई बैधानिकता दिनेछ। तदर्थ समितिको आउँदो सेप्टेम्बर २६ तारीकको पहिलो बैठकले निर्देशक कमिटी सल्लाहकार कमिटी गठन गर्नेछ। आर्य-क्षेत्री समाज गठन भएसंगै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका अध्यक्ष शान्ति देवी अधिकारीले सामाजिक संजाल फेसबुकबाट शुभकामना दिएका छन्।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...