News Portal

प्रचण्ड-नेपाल समूह आजको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई कारबाही गर्ने लगायतका एजेण्डा

हिमालीसंचार संवाददाता
३८६ पटक

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट कारबाही गर्नेलगायतका एजेण्डाबारे छलफल गर्न प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक आज सोमवार बोलाएको छ। माघ ११ गते बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

केन्द्रीय सदस्यलाई बैठकबारे जानकारी गराउन पठाइएको सूचनामा भने पार्टीको आन्तरिक जीवनबारे छलफल गर्ने भनिएको छ। ‘पार्टीको आन्तरिक जीवनबारे छलफल गर्ने भनिएको छ। अरू एजेण्डाबारे कुनै जानकारी गराइएको छैन,’ एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी बैठकको निर्णय अनुमोदनका लागि पेश हुन्छन्। त्यो मध्ये केपी ओलीलाई कारबाही गर्ने निर्णय पनि एक हो।’

केन्द्रीय कमिटीको बैठक आज सोमबार ११ बजे कार्की ब्यांक्वेट बबरमहलमा बस्दैछ। निर्वाचन आयोगले नेकपा विभाजन नभएको भनेर निर्णय गरेपछि प्रचण्ड-नेपाल समूहले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो। आयोगले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारीक भएको निर्णय समेत गरेको छ। ४ सय ४१ जनामध्ये आफूहरुसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...