News Portal

  • कमलपोखरी प्रहरी बिटमा महानगरको डोजर

    हिमालीसंचार संवाददाता
    ३६९ पटक

    काठमाडौं – काठमाडौं महानगरपालिकाले कमलपोखरीको डिलमा भएका संरचना भत्काएको छ । महानगरले कमलपोखरी स्पोर्टस् क्लब, राधेराधे सत्सङ भवन र प्रहरी बिटको भवन हटाउन डोजर चलाएको हो ।

    महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बाह्रखरीसँग भने, “त्यहाँ भएका भवनहरुले कमलपोखरीको शोभा दिँदैनन् ।” डंगोलका अनुसार कमलपोखरीलाई पुरानै अवस्थामा लैजान पोखरी आसपासमा भएका संरचना भत्काइएको हो ।

    पोखरी वरिपरि भएका संरचना भत्काउनेबारे निणय एक वर्ष पहिले नै भएको थियो । केही समययता अभियन्ताहरुले पोखरीमा कंक्रिटको प्रयोग भएको भन्दै विरोध गरेका थिए । अभियान्ताहरुले उक्त पोखरी पुरानै तरिकाले बनाउनुपर्ने माग महानगरका मेयरसामु गरेका थिए ।

    “अनुमोदन भएको गुरुयोजनाअनुसारै पोखरी बन्छ,” प्रवक्ता डंगोलले भने, “स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा अभियन्ता बसेर बनेको नक्साअनुसार नै कमलपोखरी बन्छ ।”

    एक वर्ष अघिदेखि नै सम्बन्धित निकायका सबैलाई राखेर निर्णय भएअनुसारकै काम हुँदै गरेको प्रवक्ताको भनाइ छ । त्यतिबेला बनेको ‘मास्टर प्लान’ अनुसारै काम हुँदै गरेकाले यो विषयमा विवाद गर्न आवश्यक नभएको दाबी उनको छ ।

    यता अभियन्ताहरु भने कमलपोखरीमा कंक्रिट नभएर मौलिकता झल्कनुपर्ने बताउँछन् । हालको योजनाअनुसार पोखरीको मध्यभाग सिमेन्टको कमल (कमलको फूलको प्रतिमा) बनाइनेछ । अभियान्ताहरुले भने उक्त पोखरीलाई प्राकृतिक रुपमा नै रहन दिनुपर्ने बताएका छन् ।

    अभियन्ता विराजभक्त श्रेष्ठ भन्छन्, “महानगरले बनाएको महानगरको मास्टर प्लान नै गलत छ । जसमा जैविक विविधतालाई ध्यान दिइएको छैन । काठमाडौंभरका मानिसलाई खुला क्षेत्रको नमुना देखाउन सकिने कमलपोखरीलाई अप्राकृतिक रुपमा सिमेन्टले बनाइँदै छ ।” उनले भावी पुस्ताले पनि ‘पोखरीलाई पुनर्निर्माण गर्दा धेरै सोचेर बनाएको रहेछ’ भन्ने गरी बनाउनुपर्ने सुझाव दिए ।

    कमलपोखरी नक्साल, डिल्लीबजार, पुतलीसडक आसपासका क्षेत्रको जमिन रसिलो बनाउने स्रोत हो । भित्री जमिन सुक्खा हुँदा काठमाडौंका केही भाग भास्सिने गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

    जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

    काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र...

    संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिरमा -प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा...