News Portal

  • सुनवर्सी रतुवामाई पोखरी पिक्निक खानेहरुको रोजाईमा

    सुन्दर पोखरी र मनमोहक प्राकृतिक दृश्यले हरेक पर्यटक मोहित हुन्छन्

    हिमालीसंचार संवाददाता
    ५०६ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई-५ स्थित पर्ने सुनवर्सी पोखरी अहिले विराटनगर तथा अन्य क्षेत्रबाट धेरैको पिक्निक खानेहरुको रोजाईमा परेको छ। यस क्षेत्र आन्तरिक पर्यटन प्रवन्धका लागि निकै आकर्षकको स्थानको रुपमा स्थापित हुदै गएको छ।

    सुन्दर र आकर्षण  देखिने उक्त पोखरीमा पछिल्लो समयमा सो पोखरीको डिलमा रमरणिय दृश्य तथा पोखरीको चारैतिरका वनमा टहलिनेको संख्या दिन प्रतिदिन बढन थालेको छ। कञ्चन पानीमा रुखको छायाले पोखरीको सुन्दरतामा निखार ल्याइदिएको छ। झट्ट हेर्दा लाग्छ सुनवर्षी पोखरी स्वर्गकै कुनै टुक्रा हो। त्यहाँ उपसना गर्नेहरु यही भावले सुनवर्षीको ऐतिहासिकतालाई थप महत्व दिँदै आईरहेको छ।

    अहिले सो ठाउँमा पिक्निक खान आउने सर्वसाधारणहरु पोखरीमा रहेको ढुंगामा चढेर दृष्य अबलोकन गर्नेको संख्या समेत बडिरहेको छ। रतुवामाई समाजले पनि केही दिन आगाडी उक्त पोखरीको डिलमा पिक्निकको आयोजना समेत गरेको थियो। विराटनगरदेखि पिक्निक खान आएका समाजसेवी बलवहादुर बस्नेतले भने रमणीय दृश्यले आफुलाई लोभ्याएको समेत बताए।

    पिक्निक खाने क्रममा उक्त पोखरीको डिलमा पिक्निक खान आउने सर्वसाधारणहरुलाई पानीको अभाव नहोस भनेर स्वर्गीय जसुमाया बस्नेत र कर्ममाता स्वर्गीय मनमाया खत्रीका नाममा दुईवटा टुवेल (कल) समेत हस्तान्तरण गरेका छन।

    उक्त पोखरीमा अवलोकन गर्ने आउने सर्वसाधारणहरुलाई रमाइलो दृश्य तथा पोखरीबाट रमणीय दृश्य अवलोकन गर्नेका लागि बोटिंग र बालबालिकाहरुका लागि विभिन्न खेलका सामाग्री अत्यन्तै आवस्यक रहेको पिक्निक खेल्न आएका राजेन्द्र कटुवालले बताए।

    यस क्षेत्रमा ३ विघा १२ कठ्ठा क्षेत्रफलमा सुनवर्षी महाराजको ग्रामथान रहेको छ। जसमा २ विघामा पोखरी रहेको छ। प्रत्येक वर्ष  बैशाख १ गते  विशेष पुजा आजा हुदै आएको छ। सुनवर्षी धार्मिक र ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण स्थल हो। यसलाई पर्यटकीय क्षेत्र बनाउन हामीले दीर्घकालीन योजनासमेत अघि सारेको पोखरीलाई अझ धेरै व्यवस्थित गरिएको र यसलाई पर्यटकीय रुपमा विकास गरिने समितिका अध्यक्ष कुमार बुढाथोकीले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

    जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

    काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र...

    संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिरमा -प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा...