News Portal

मोरङको रंगेलीमा धमाधम धान रोपाई, माघको जाडोमा कृषकहरु खेतमा व्यस्त

हिमालीसंचार संवाददाता
३७५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरमा माघ महिनामा जाडो मौसम र चिसो समयमा धमाधम धान रोपाई भई रहेको छ भन्ने  कुरा सायदै धेरैलाई पत्यार नलान्छ सक्छ। माघको जाडोमा पनी मोरङको रंगेलीमा धमाधम धान रोपाई भई रहेको छ।

मोरङको रंगेली नगरपालिका-६, स्थित मधुवनि चोक र ननकार टोल र सुनवर्सि-५ स्थित झिङ्गी टोलमा बर्षौदेखि माघ महिनामा घान रोपाई हुने गरेको छ । रंगेली क्षेत्रमा रहेको ३० औ बिधा खेतमा अहिले अतिबिपन्न परिवार महिलाहरु आफ्नो घर खर्च जोह गर्नका लागि माघको कठ्याङ्गिदो समयमा मौसमको प्रभाव नै नगरी उनीहरुको जाडो धान रोप्दै आएका छन् ।   

महिला मजदुरहरु बिहानैदेखि बीउ उखेल्न र हिलाम्मे खेतमा धमाधम धान रोपिरहेका छन् ।  यस क्षेत्रका महिलाहरुले एक बिधा खेत रोपे बापत १० हजार रुपैयाँमा ठेक्का लिने गरेका छन।अतिविपन्न घरपरिवारका महिला सदस्यहरुको सहयोगमा उनीहरुले घान रोप्ने गरेका छन । 

उनिहरुले  एक बिधा घान रोप्न ५ देखि ७ जनालाई ५ दिन देखि ७ दिन सम्म लाग्ने गरेको र उनिहरुले एक जना बराबर दैनिकी ३ सय रुपैयाँ भागमा पर्ने गरेको मानौ मुखियाले बताईन ।  उनका अनुसार “के गरौ काम गरेन भने दुई छाक टार्ने समस्या पर्ने गरेको र घरमा समेत ६ जनाको परिवारलाई जनमजदुरी गरेर नै पालनपोषण समेत गरिरहेको मानौ मखियाले बताईन। 

त्यसैगरी सुमित्रा ऋिषिदेवले पनि चार परिवारलाई दैनिकी ज्यालादारी गरेर आफुले परिवार पालि रहेको बताईन । उनले भनिन श्रीमान पनि  बितेको ४ बर्ष भयो सामान्य रोगबाट ग्रसित रहेका श्रीमानलाई डेर लाख रुपैयाँ खर्च गरेर समेत आफुले बचाउन नसकेको र अहिले समेत श्रीमानको उपचारमा लागेको दवाईको रकम तिर्ने नसकेको र प्रत्येक दिन  पसलमा तिर्ने बाँकी रहेको ३० हजार रुपैयाँ लिन सबै दिन जसो घरमा आउने गरेको र पैसा नतिरे प्रहरीमा गएर उजुरी समेत गरेर थुनाम राख्ने धम्की समेत दिदै आएको स्थानीय सुमित्राले बताईन । 

अब घर खर्च चलाउनु कि ऋण तिर्नु भन्दै बिलौना गरिरहेकी छिन् ।  अहिले यस्तो माघको जाडोमा आफ्नो परिवार पालनपोषण गर्नेका लागि आफुले बिहानैदेखि बेलुकीसम्म गरेर ३ सय रुपैयाँ मात्रै कमाउने गरेको र सबै कुरा किनेर परिवारलाई पाल्नु पर्ने बाध्यता का कारण श्रीमानरो उपचारमा लागेको रकमा तिर्ने नसकिने उनले बताईन । यस क्षेत्रमा माटो नराम्रो भएका कारण अरु अन्नवाली नहुने भएको हुनाले किसानहरुले दुख गरेर धान खेती मात्रै लगाउने गरेको र अरु समयमा खेत बाझै छाडने गरेको कृषकहरु बताउछन । अहिले उक्त खेतमा घुटराज धान रोपी रहेका छन । 

माघमा रोपेको धान जेठ महिनामा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को  धान रोपने गरेको कृषकहरु  बताउँछन्।  सो खेतमा  ३ सय मन सम्म धान उत्पादन हुने गरेको छ। अहिले वैदेशिक रोजगारीले गर्दा खेत बारीमा  काम गर्ने मजदुरहरु समेत नपाउने गरेको र जन मजदुर नहुदा खेतीपाती गर्ने समस्य समेत परेको  कृषकहरुले बताउछन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...