News Portal

गजुरमुखि जेभीले बिधुत चाेरी गरेर काम गर्दे

रबिन्द्र बराल
३२९ पटक

मोरङ – बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गतको झापा मोरङ खण्डको रतुवामाई नगरपालिका ५ स्थित पराेपकार स्वर्गद्वारी घाटबाट गजुरमुखी जेभीले कल्भट बनाउने क्रममा बिधुत चाेरी गरेर काम गरेकाे फेला परेको छ। कल्भट बनाउनका लागि खाल्डाेमा जमेकाे पानी फ्याक्नका लागि बिधुतबाट सन्चालन हुने माेटर र फलाम काट्नका लागि प्रयोग गरिने मेसिन समेत चाेरी कै बिधुतबाट काम गरेकाे पाईएकाे हाे।

गजुरमुखि जेभिले पराेपकार स्वर्गद्वारी घाटमा रहेकाे बाेडबाट बिधुत आफू खुशी बिधुत चाेरी गरेर काम गरेको पराेपकार घाटका अध्यक्ष कमल घिमिरेले बताए। उनले भने आफूले बारम्बार बिधुत नलैजान आग्रह गर्दा समेत घाटबाट बिगत १० दिन अगाडि देखि बिधुत चाेरी गरेर लगेको उनलेे बताए।

नेपाल बिधुत प्राधिकरण रंगेलीले चाेरी गरेर काम गरेकाे पानी पटाउने माेटर र ५ सय मिटर तार र बाल समेत नियन्त्रणमा लिएको छ। यसरी ठुला ठेक्केदार कम्पनीहरुले गैरकानुनी रुपमा बिधुत चाेरी गरेर काम गरिरहेकाे फेेेेला परिरहेकाे छ।

प्राधिकरणले उक्त कम्पनी लाई ५ देखि ७ हजार रुपैयाँ सम्म जरिवाना लिएर साे सामान छाड्न सकिने रंगेली प्राधिकरणका प्रमुख अबधेश गुप्ताले बताए। साे सडकमा अहिले ठाउँठाउँमा कल्भट निर्माणकार्य भईरहेता पनि ठेक्केदार कम्पनीले भने कल्भट निर्माण गर्न क्रममा यसरी बिधुत चाेरी गरेर काम गरि रहेका छन।

उक्त ठाउँमा गाउँ नभएको र सुनसान ठाउँ भएको मका छाेपि ठेक्केदार कम्पनीहरुले यसरी बिधुत चाेरी गरेर काम गरेका छन। रतुवामाई नगरपालिका देखि सुनवर्सि नगरपालिकाकाे भित्र  सडक कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ। उक्त कम्पनी काे दुई खण्डमा गरि साे सडक कालोपत्रे गर्न ७७ कराेड ६७ लाख ६५ हजार८ सय ४२ रुपैयाँ ठेक्का पाएकाे छ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...