News Portal

मोरङको रंगेली नगरपालिका भित्र कोरोना विरुद्धको भ्याक्सिन आजदेखि शुरु

स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सरसफाई टोलीलाई भ्याक्सिन दिईएको छ

हिमालीसंचार संवाददाता
३९५ पटक

रबिन्द्र बराल/मोरङ-मोरङको रंगेली नगरपालिका-७, मा रहेको  अस्पतालमामा बुधबार पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ ।

कोरोना विरुद्धको खोप प्रदेश १ का ८ जिल्ला भित्र कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको हो । रंगेली अस्पतालका मेसु  रोहेन्द्र पाण्डेले  अस्पताल परिसरमा बुधबार पहिलो खोप लगाएका हुन । रंगेली अस्पतालमा रहेका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइ कर्मचारी र नगर भित्र रहेको स्वास्थ्य चौकी र हेल्थपोष्टका कर्मचारीहरुलाई खोप लगाउन सुरु गरिएको छ । 

रंगेलीमा पहिलो चरण अन्तर्गत १ सय ३५ जना स्वास्थ्यकर्मीहरुलाई खोप लगाईने अस्पतालका मेसु रोहेन्द्र पाण्डेले बताए । खोप केन्द्रको निरीक्षण गर्ने क्रममा सीप विकास शाख, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य जनसंख्या मन्त्रालयका  प्रमुख राज कुमार पोखरेलका अनुसार सुरु भएको राष्ट्रिय खोप अभियान कार्यक्रम प्रदेश १ का ८ जिल्लाका १९ केन्द्रमा सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाउने कार्यक्रम रहेको बताए ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...