News Portal

करार जागिरको प्रलोभनमा तरुणदल बनगाडका अध्यक्ष बिजय बस्नेत नेकपामा प्रवेश

हिमालीसंचार संवाददाता
५९६ पटक

नबिन पौडेल,
सल्यान – सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका नेपाल तरुण दलका नगर अध्यक्षलाई कारबाही गरिएको छ। केहिदिन अगाडि तरुणदलका नगरसभापती बिजय राज बस्नेत नेकपामा प्रवेश गरेपछी नेपाल तरुण दल सल्यानले साधारण सदस्य समेत नरहने गरि उनलाई कार्बाही गरेको हो।

तरुण दल सल्यानका अध्यक्ष सन्तोष केसिले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल तरुणदलको मर्यादा र गरिमालाई सम्मान गर्न नसकेकोप्रती खेद प्रकट गर्दै कारबाहि गरिएको बताएका छ्न। बस्नेतलाई कारबाही गरिएपछी अर्को निर्णय नहुदासम्म संगठनको सम्पुर्ण जिम्मेवारी उपाध्यक्ष शंकर बुढाथोकीलाई दिइएको अध्यक्ष केसिले बताए।

आर्थिक तथा राजनैतिक प्रलोभनमा परि आफ्नो पदिय मर्यादा, गरिमा र जिम्मेवारीबाट पन्छिदै गर्दा देखिएको अराजनैतिक आत्मरती प्राप्त गर्नको लागि सत्ता, शक्ति र साधनलाई दुरुपयोग गर्ने नेतृत्वप्रति खेद प्रकट गर्दै जिल्लाका सम्पुर्ण स्थानीय सरकारहरुलाई सत्ता र शक्तीको दुरुपयोग नगर्नहुन बिज्ञप्ति मार्फत आग्रह गरिएको छ।

जागिरको प्रलोभनमा बस्नेतले नेकपा प्रवेश गरेेेको पुष्टि !

तरुण दलका नगर अध्यक्ष बस्नेतले माघ १० गते नेपाल तरुणदल परित्याग गरी नेकपामा प्रवेश गरे। बस्नेतलाई बनगाड कुपिन्डे नगरपालिकाका प्रमुख गोबिन्द पुनले पार्टी प्रवेश गराए। जसमा सत्ता र शक्तिको प्रलोभनमा परेर बस्नेतले पार्टी परित्याग गरेको बनगाड कांग्रेसका नेताहरु बताउछ्न। सत्ता र शक्तीको दुरुपयोग गर्दै नगर प्रमुख र नेकपा नेपाली कांग्रेससंग खनिएको नेताहरुको भनाई छ।

तरुण दल वनगाडका अध्यक्ष बिजय राज वस्नेतले नेकपा ओली समूहमा प्रवेश गरेपछि वनगाड कुपिण्डे नगरपालिकाको नेतृत्व र नगर अध्यक्ष बस्नेतप्रति विभिन्न टिप्पणीहरु आए। अध्यक्ष बस्नेतलाई वनगाड कुपिण्डे सरकारले करार जागिरीको प्रलोभन देखाएर पार्टी प्रवेश गराएको स्प्ष्ट देखियो।

वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुन नेकपा सल्यानका अध्यक्ष हुन र पार्टी विभाजनपछि उनी ओली समूहमा रहेका छन्। माघ १२ गतेको नगरपालिकाले प्रकाशित गरेको विभिन्न पदको नतिजा प्रकाशन गर्यो र तरुण अध्यक्ष बस्नेतको अहेबमा नाम निस्कियो।

यो घटनाक्रमलाई जोडेर हेर्दा योजनागत रुपमा यी प्रक्रिया र घटनाक्रम भएको स्पष्ट हुन्छ। यस अघि २०७७ मंसीर ३० गते हुने भनिएका परीक्षा स्थगित भएर पुनः प्रकाशित सूचना अनुसार माघ ११ गते परीक्षा सन्चालन हुनु र माघ १० गते विजय राज बस्नेतले नेकपा ओली समूहमा प्रवेश गर्नु र माघ १२ गते बस्नेतलाई सफल घोषणा गरी नतिजा प्रकाशन हुनुले सबै कुरालाई पुष्टि गरेको छ। तरुण दलका नगर अध्यक्ष बस्नेतलाई प्रलोभनमा पारेर पार्टी प्रवेश गराईएको त्यो ३ दिनको घटनाक्रमले स्पष्ट पारेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...