News Portal

खोटाङको तुवाचुङ स्थित ‘रैछाकुले’को प्रतीमा माथि आक्रमण

हिमालीसंचार संवाददाता
४५९ पटक

खोटाङ – किरात समुदायका सर्वोच्च संस्था “किरात राई यायोक्खा”ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७, स्थित तुवाचुङमा दुई वर्षअघि निर्माण गरेको ‘रैछाकुले’को प्रतीमा लगायतका किरातीहरुको महत्वपूर्ण संरचना माथी अज्ञात समुहले आक्रमण गरेका छन्।

रैछाकुले किरात राईहरुको आदिम मानव हुन्। अज्ञात व्यक्तिहरुले रैछाकुलेको प्रतीमा निर्माण गरेको स्थानको पिलरलाई तोडफोड गरेका छन्। किरात राई यायोक्खाले खोटाङका तुवाचुङ स्थित रैछाकुले, आदिम किराती चेली मानिएकी ‘तयामा’ र ‘खियामा’को प्रतीमा निर्माण गरेको थियो ।

रैछाकुलेको प्रतीमा माथी क्षतिग्रस्त भएको तस्वीर सामाजिक संजाल मार्फत तुवाचुङ जायाजुम संरक्षण समितिका महासचिव दिनेश राईले जानकारी दिएका थिए। अहिले चौतर्फी विरोध भई रहेको छ। तयामा-खियामाको सूचनापाटी, सूचकबोर्डहरु लगायदका संरचना टोडिएको सामाजिक संजाल मार्फत सार्वजनिक भएपछि गायक राजेशपायल राई, फूलन्देको आमा लगायदका कलाकारहरुले र  देश विदेशबाट सो कार्यको विरोध गरिरहेका छन्। 

तुवाचुङमा त्यो गलत कार्य कसले गरे ? भन्ने अहिलेसम्म खुलेको छैन । तयामा र खियामाको प्रतीमा भने सुरक्षित छ । किरात राई यायोक्खाका महासचिव जनक राईले तुवाचुङको भौतिक संरचनाको क्षति गर्नेको खोजी गरी कारवाही गर्नुपर्ने जनाएको छ ।

‘यो अशोभनीय, असभ्य र कुनै पनि सांस्कृतिक सम्पदाको संरक्षण जसरी गर्नुपथ्र्यो त्यसको विरुद्धको हर्कत हुनसक्छ,’ किरात राई यायोक्खाका महासचिव राईले थप भनेका छन् ‘अब स्थानीय स्तरबाटै त्यस्तो काम गर्ने मान्छेको खोजी गरी पहिचान गर्नुपर्छ । यसका लागि तुवाचुङ संरक्षण समिति र यायोक्खा जिल्ला समितिबाटै खोजी गर्ने र कम्तीमा पनि कारवाहीको दायरामा ल्याउनुपर्छ, होइन भने अरु पनि तोडफोड गर्न सक्छ ।’

किरात राई यायोक्खाले विश्वभरका किरात समुदायका सहयोगमा ५५ लाख रुपैयाँ भन्दा बढी खर्च गरी २०७४ मंसिर २ गते तुवाचुङमा तयामा, खियामा र रैछाकुलेको प्रतिमा निर्माण गरेको थियो । यस क्षेत्र किरातीहरुको ऐतिहासिक तथा सांस्कृतिक स्थल हो । यस क्षेत्रलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी अन्य भौतिक संरचनाहरु समेत निर्माण गरिएको थियो ।

तुवाचुङ क्षेत्रको संरक्षण र विकासका लागि तुवाचुङ जायमुज समितिसमेत कायम रहेको छ । यस क्षेत्रलाई सांस्कृतिक स्थलको रुपमा विकास गर्ने प्रयास गरिरहेका समयमा हाल त्यहाँका भौतिक संरचनाहरु माथी आक्रमण भएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...