News Portal

  • धरानमा नागरिक समाजको शान्तिपूर्ण विरोध प्रदर्शन

    'असंवैधानिक कदम विरुद्ध जनता सडकमा ओर्लदा सरकार अत्तालिएको छ' - नागरिक समाज

    हिमालीसंचार संवाददाता
    २९३ पटक

    अविन मावो/धरान – प्रतिनिधि सभाको असंवैधानिक विघटनको विरोधमा सोमवार संधीय राजधानी काठमाडौमा भएको नागरिक अगुवाहरूको शान्तिपूर्ण विरोध प्रदर्शन माथि बर्बरतापूर्ण दमन घोर आपत्तिजनक, निन्दनीय एवम् कायरतापूर्ण कदम भन्दै मंगलवार धरानमा नागरिक समाजले विरोध प्रदर्शन गरेको छ ।

    नागरिक हकहितका लागि नागरिक अभियान धरानमा आयोजित नागरिक अगुवाहरूको प्रदर्शनमा सहभागीहरूले नागरिक माथिको दमन बन्द गर, तानाशाही शैली बन्द गर, मौलिक हक सुरक्षा गर लगायत नारा लेखिएका पोस्टर नागरिक अगुवाहरुको छातीमा टाँसेका थिए ।

    धरान-१२ छाताचौकमा भेला भएका नागरिक अगुवाहरूको मौन जुलुस बजारमा प्रदर्शन गर्दै धरान-२ भानुचौकमा पुगेर ५ मिनेट उभिएर धर्नामा परिणत भएको थियो । भानुचोकमा उभिएर दिएको धर्नामा संयोजक प्रा.डा. राजेन्द्र शर्माले एक विज्ञप्ति जारी गरे । विज्ञप्तिमा भनिएको छ ‘संसद् विघटन गर्ने असंवैधानिक कदम विरुद्ध नागरिकहरूका आवाज संगठित हुन थालेपछि अत्तालिएको सरकार बर्बर दमनमा उत्रिएको छ ।’ नागरिक अगुवाहरूको शान्तिपूर्ण विरोध प्रदर्शन माथि भएको बर्बरतापूर्ण दमन घोर आपत्तिजनक, निन्दनीय एवं कायरतापूर्ण कदम भएको ठहर गर्दै नागरिक अभियान धरान उक्त कदमको घोर भर्त्सना गर्दछ, भनिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली माथि निर्वाचित जनप्रतिनिधि नै तानाशाह बन्ने सपना देख्न थालेको आरोप लगाउँदै विज्ञप्तिमा देशी विदेशी अवाञ्छित शक्तिहरुसंगको साँठगाँठमा संलग्न भएको आशंका नेपाली जनमानसले गरिरहेको बेला सरकार दमनमा उत्रनुले त्यो आशंकालाई थप बल मिलेको उल्लेख गरिएको छ । भनिएको छ ‘बलिदानी संघर्षबाट स्थापित संधीय लोकतान्त्रिक संविधान माथिको दुर्भाग्यवश कुर्सीको मैमत्ता र दम्भले अकल्पनीय बलात्कार गरिएको छ ।’

    विज्ञप्तिमा सर्वोच्च अदालतमा विचाराधीन संसद् विघटन सम्बन्धी मुद्दाको न्यायिक तथा संवैधानिक निरूपण नभए सम्म सरकार एवम् राजनीतिक दललाई अदालत प्रभावित नगर्न आग्रह गरिएको छ । तथापि शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु संविधान प्रदत्त मौलिक हक भएकाले नागरिकका मौलिक हक हनन नगर्न विज्ञप्ति मार्फत सरकारलाई सचेत गराइएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिरमा -प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा...

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...