News Portal

  • छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै भाइरल भएका अर्जुन विक बलात्कार आरोपमा पक्राउ

    हिमालीसंचार संवाददाता
    ७२४ पटक

    काठमाडौ – छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका-२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन्।

    उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो। उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका थिए। गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फरार थिए।

    त्यसपछि पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन्। उजुरीपश्चात अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी विकको निरन्तर खोजी गरिएको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। खोजी गर्ने क्रममा उनलाई काठमाडौंमा पक्राउ गरिएको उनले बताए। ‘उनलाई पक्राउ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदालतबाट सोही मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ । 

    पक्राउ परेका अर्जुन विक केही महिनाअघि श्रीमतीले धोका दिएर छोडेकी भन्दै छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गर्दा सामाजिक सञ्जालमा अन्तर्वार्ता दिएपछि भाइरल भएका थिए। यो समाचार आजको सेतोपाटीबाट लिएका हौ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...