News Portal

आइफोन आफूभन्दा ६ इन्च टाढा राख्न एप्पलको सुझाव

हिमालीसंचार संवाददाता
५३७ पटक

एप्पलले आफ्नो प्रयोगकर्तालाई आइफोन आफूभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको छ। आइफोनले विशेषगरी मुटु रोगीको शरीरभित्र राखिएका मेडिकल उपकरणका कारण असर गर्ने र स्वास्थ्यको लागि जोखिमपूर्ण हुने एप्पलले बताएको छ।

सिएनएन बिजनेसका अनुसार शनिबार एप्पलले आफ्नो पेजमा नयाँ आइफोनले पार्न सक्ने जोखिमबारे सूचना प्रकाशित गरेको थियो। जसमा आइफोनमा हुने चुम्बक र रेडियोबाट निस्किने इलेक्ट्रोम्यागनेटिक फिल्डले प्रत्यारोपण गरेर शरीर भित्र राखेको पेसमेकर र डेफिब्रिलेटर जस्ता मेडिकल उपकरणको सम्पर्कमा आएर हानी पुर्‍याउन सक्ने लेखिएको छ।

कम्पनीले मुख्यगरी नयाँ आइफोन १२ का चारवटा मोडल र त्यसको चार्जर म्यागसेफबाट सचेत रहन भनेको छ। एप्पलका अनुसार आइफोन १२ का मोडलमा पुराना आइफोनमा भन्दा बढी चुम्बक हुन्छ। यसैगरी मुटु रोगीले लगाउने मेडिकल उपकरणमा पनि एउटा सेन्सर हुन्छ, जुन बाहिरी उपकरणमा हुने चुम्बकसँग सम्पर्कमा आउन सक्छ।

सोहीकारण कम्पनीले प्रयोगकर्तालाई आफ्नो आइफोन वा म्यागसेफ चार्जर मेडिकल उपकरणभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको हो। ‘मुटु रोगी प्रयोगकर्ताले सुरूमा आफ्नो चिकित्सक वा मेडिकल उपकरणको निर्मातासँग परामर्श लिएर मात्र आइफोन वा म्यागसेफबाट दुरी अपाउन पर्ने वा नपर्ने भनेर बुझ्नुपर्छ,’ एप्पलले सूचनामा लेखेको छ, ‘यदि प्रयोगकर्तालाई आइफोन १२ वा म्यागसेफले आफ्नो मेडिकल उपकरणमा असर गरिरहेको छ जस्तो लागेमा उनीहरुले आइफोन प्रयोग गर्नु हुँदैन।’

गत वर्ष मात्रै एप्पलले आइफोन १२ का चार नयाँ मोडल सार्वजनिक गरेको हो। आइफोनसँगै कम्पनीले चुम्बकबाट चार्ज गर्न सकिने वायेरलेस चार्जर म्यागसेफ बजारमा ल्याएको थियो। यी नयाँ उपकरण मुटु रोगी प्रयोगकर्ताको लागि डर हुने भएकोले नै एप्पलले आफ्नो सेफ्टी मार्गदर्शन अझ विस्तार गरेको हो। आइफोनमा भएको चुम्बकीय उपकरणले ठूलो जोखिम भने नपार्ने कम्पनीको भनाइ छ।

स्वास्थ्य विशेषज्ञहरुले लामो समयदेखि स्मार्टफोनहरु प्रत्यारोपित मेडिकल उपकरणको नजिक नराख्न सुझाव दिँदै आएका छन्। मुख्यगरी मुटु रोगीले स्मार्टफोन आफ्नो सर्टको गोजीमा राख्न नहुने विशेषज्ञहरु बताउँछन्।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...