
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सकिने सम्बन्धमा बिहीबार सम्झौता भएको छ। मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ हाउस, खल्ती, आइएमई पे, प्रभु पे र नेपाल पे बीच सम्झौता भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, नेपाल क्लियरिङ हाउसको तर्फबाट प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल राट्रिय, आइएमई पेका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट प्रबन्ध संचालक कुसुम लामा र नेपाल पेका तर्फबाट प्रमुख संचालन अधिकृत मालिका भट्टराइले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङबाट सहजै रकम भुक्तानी गर्न सकिने छ। राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
