News Portal

मालपोतका कर्मचारीको मिलोमतोमा एउटाको जग्गा ६ जनाको नाममा नामसारी गरेपछि…

हिमालीसंचार संवाददाता
५७८ पटक

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ साविक जर्बुटा वडा नम्बर ३ मा रहेको कित्ता नम्बर ३१११ को जग्गा मिति २०७७ असार ८ गते कित्ताकाट भयो। उक्त जग्गा वीरेन्द्रनगर–६ का सौगात रावतको हो। जग्गाको कित्ताकाट हुँदा अथवा, किनबेच गरिदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा सयुंक्त निवेदन दिएको अवस्थामा सोही बमोजिम मालपोत कार्यालयले जग्गा नाममा गराईदिनसक्छ।

तर, जग्गाधनी रावतलाई कुनै जानकारी नभएर उनकै नाममा भएको उक्त जग्गा अरुकै नाममा नामसारी भयो। रावतले जग्गा नामसारी भएर अर्कै व्यक्तिलाई बेचिसकेपछि अर्थात मिति २०७७ पौष २९ गते जग्गाको नक्सा पास निकाल्दा कम्प्युटर सिस्टममा उनीसँग भएको जग्गाको कित्ता नम्बर नभेटिएपछि थाहा पाएका हुन्।

‘नक्सा लिनको लागि नापी कार्यालयको कम्प्युटर सिस्टममा कित्ता नम्बर भिडाउँदा नभेटिएपछि खोजी गरेका हौं’ रावतले भने, ‘नापी शाखाका प्रमुख राजेन्द्र थापाको सहयोगमा जग्गा भएको क्षेत्रको ट्रेस नक्सा हेर्दा जग्गा ६ कित्तामा बाडिएको थाहा पाइयो।’

दैलेखको महाबु गाउँपालिका वडा नम्बर–३ बाँसी स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्ने सहवीर कार्कीको नाममा उक्त जग्गा नामसारी भएको पाइएको जग्गाधनी रावतले बताए। रावतका अनुसार ६ कट्ठा क्षेत्रफल भएको उक्त जग्गाको पीछाड छोडेर मूल बाटोको ५० मिटर मोहडामा पर्ने जग्गा कार्कीको नाममा नामसारी भएको हो।

‘जग्गा कित्ताकाट भएको थाहा पाएपछि बुज्दैगर्दा कार्कीका नामबाट मिति २०७७ असार १० गतेभन्दा पछि छुट्टाछुट्टै ६ कित्तामा बाँडेर अरुका नाममा नामसारी गरिएको पाइयो’ रावतले भने, ‘छत्र बहादुर थापा, रेखा आचार्य लगायतका ६ जनाको नाममा जग्गा नामसारी भएको रहेछ।’ उसो त तत्कालिन अवस्थामा वीरेन्द्रनगरको जग्गा कित्ताकाट गर्न रोकिएको थियो तर सहवीर कार्कीले अंश भर्पाइ गरी कित्ताकाट गरेको बताइएको छ।

जग्गा नामसारी गराउने कार्यमा जिल्ला मालपोत कार्यालय संलग्न रहनुका साथै त्यसका लागि आवश्यक कागजात लिखित गर्ने अम्बरसिं कटुवाल, जग्गा पास गर्ने मालपोत अधिकारी नायव सुब्बा विश्वरुप सावद र जग्गा पासका लागि निवेदन दिने जग्गाधनी सहबीर कार्कीको भुमिका रहेको रावतले आरोप लगाए।

जग्गा नामसारी गराउने कार्यको मुख्य योजनाकार वीरेन्द्रनगर–२ भुरेली बस्ने ३२ वर्षीय सन्तोष ठाकुर भएको सुब्बा सावदले आफुलाई बताएको रावतले जानकारी दिए। उनका अनुसार जिल्ला मालपोत कार्यालय सुर्खेतमा जग्गा नामसारी गराउने विभिन्न फाँटहरुमा तत्कालीन अवस्थामा लक्ष्मी शाही (कार्यालय प्रमुख), सुनिल राना (कम्प्युटर), कृष्ण थापा (खरिदार, रजिष्ट्रेसन), दिपेन्द्र क्षेष्ठ (जुनियर रजिष्ट्रेसन), तीर्थ महत्तरा (मोठ, जग्गा नामसारी), ओमबहादुर गौतम (सील)मा रहेका थिए।

त्यसैगरी, जग्गा कित्ताकाट गर्ने नापी कार्यालयका विभिन्न फाँटका कर्मचारी र सम्बन्धित वडा कार्यालयमासमेत उक्त कार्य गरिएको बुझिन्छ। वीरेन्द्रनगर–४ का ६१ वर्षीय नारायण बुढा र वीरेन्द्रनगर–१ का २४ वर्षीय चाँदनी वली उक्त जग्गा सौगात रावतको नामबाट सहबीर कार्की नाममा नामसारी गर्दा किनाराका साँक्षी बसेका छन्।

यो पनि पढ्नुहोस्।

जग्गाधनीलाई थाहै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु नियन्त्रणमा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...