News Portal

जग्गाधनीलाई थाहै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु नियन्त्रणमा

हिमालीसंचार संवाददाता
५०३ पटक

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिएर अर्काको नाममा बेचिदिएको खुलेको छ। रावतको वीरेन्द्रनगर–८ शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा उनलाई थाहै नदिएर अरुको नाममा गरिदिएका हुन्।

उनको ६ कठ्ठा जग्गामध्ये ४ कठ्ठा जग्गा कित्ताकाट गरी फरकफरक व्यक्तिलाई बेचेका हुन् भने, रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ। जिल्ला मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावद र पूर्व घर बताउने सन्तोष ठाकुरको मिलेमत्तोमा रावतको जग्गा अरुलाई बेचेको आरोप लागेको छ।

आरोपीत सावदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमासमेत लिएको जनाएको छ। उनलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो। यसबारे थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...