News Portal

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीमाथि अश्रुग्यास र लाठीचार्ज, २ विद्यार्थी घाइते

हिमालीसंचार संवाददाता
४१७ पटक

कलेन्द्र सेजुवाल,
सुर्खेत — ‘रिटेक’ परीक्षा दिन पाउनुपर्ने माग राख्दै धर्नामा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच झडप हुँदा २ विद्यार्थी घाइते भएका छन्। आइतबार साँझ करिब ७ बजे प्रहरीले ३ सेल अश्रुग्यास फायर गर्नुका साथै लाठीचार्ज गरेको थियो।

इन्जिनियरिङ संकायका विद्यार्थीहरू रोशन बस्नेत र तर्कराज शाही घाइते भएका छन्। उनीहरूको माया नर्सिङ होममा उपचार भइरहेको छ। जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले उपकुलपतिसहितका पदाधिकारीलाई कार्यालयबाट बाहिर निस्किन नदिएपछि प्रहरीले बल प्रयोग गरी हटाउने क्रममा दुई विद्यार्थी घाइते भएको बताए।

‘विद्यार्थीहरू दिउँसोदेखि नै गेटमा अवरोध गरेर बसेका थिए, प्रहरीले जति अनुरोध गर्दा पनि हट्न मानेनन्,’ उनले भने। ‘उनीहरू अँध्यारो भएपछि झन् तोडफोडमा उत्रिएपछि बल प्रयोग गरिएको हो।’ विश्वविद्यालयका विद्यार्थी नेता गौतम बीसीका अनुसार विद्यार्थीले ‘रिटेक’ परीक्षा कायम राख्नुपर्नेलगायत माग राखेर बिहान ११ बजेदेखि विश्वविद्यालय केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए।

उनीहरूले उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहलाई ज्ञापनपत्र दिन खोजेको र उपकुलपतिले ज्ञापनपत्र बुझ्न नमानेपछि समस्या उत्पन्न भएको बताए। उपकुलपति सिंहले इन्जिनियरिङ विषयको गुणस्तर कायम गर्न ‘रिटेक’ परीक्षाको व्यवस्था हटाइएको बताउँदै परीक्षासँग सम्बन्धित कुनै मागहरू भए परीक्षा व्यवस्थापन प्रमुखलाई बुझाउन अनुरोध गर्दा विद्यार्थीले नमानेको जानकारी दिए।

‘मैले मागपत्र बुझ्नका लागि ५ पटकसम्म परीक्षा प्रमुखलाई विद्यार्थी भएको ठाउँमा पठाएँ तर, उनीहरूले उपकुलपति नै चाहियो भनेर बुझाउन मानेनन्,’ उनले भने। ‘साँझ परेपछि मलाई लक्षित गरी कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले हामीलाई सुरक्षित तबरले उद्धार गरेर बाहिर निकाल्यो।’

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...