News Portal

मोरङको कानेपोखरी-रंगेली सडक खण्डमा स्किुल बसले किच्दा, शिक्षिकाको घटनास्थलमै मृत्यु

हिमालीसंचार संवाददाता
१०८४ पटक

रविन्द्र बराल/मोरङ  मोरङको कानेपोखरीमा स्कुल बसले किचेर शुक्रबार साँझ एक जना शिक्षिकाको ज्यान गएको छ। कानेपोखरी-रंगेली सडक खण्ड अन्तर्गत कानेपोखरी-५ भौसाबारीमा स्कुल बसले ठक्कर दिँदा रंगेली नगरपालिका ९, बेलचोककी ४० वर्षीया गीता भट्टराई (नेपाल) को घटनास्थलमै मृत्यु भएको हो।

कानेपोखरी, रमाइलोस्थित बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको स्कुल बसले किच्दा को ८ प ७३६३ नम्बरको मोटरसाइकलमा सवार भट्टराईको ज्यान गएको मोरङ प्रहरीले जानकारी दिएको छ। अन्दाजी ३० वर्षका बाइक चालक विकल भट्टराई घाइते भएका छन्।

शुक्रबार ४:१० बजे स्कुलबाट विद्यार्थी पुर्‍याउन गएको बसले भौसाबारीमा मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट ढलेको मोटरसाइकललाई ब्याक गरेर किचेको घाइते भट्टराईले बताए ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले पनि बस ब्याक गर्दा दुर्घटना भएको बताएका छन्। चालकको गम्भीर लापरबाहीले दुर्घटना भएको भन्दै स्थानीयले सडक अवरूद्ध गरेका छन्। यसैबीच गाडीसहित चालकलाई पथरी प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले बताए।

खड्काका अनुसार मृतकको शव उठाउन सामान्य बलसमेत प्रयोग गर्नुपरेको थियो। ‘हामीले सामान्य बल प्रयोग गरेर मृतकको शव उठाएर पोष्टमार्टमका लागि मंगलबारे अस्पातल ल्याएका छौं,’ खड्काले भने,‘रंगेली लैजाने प्रयास गर्दा स्थानीयको ढुंगामुडाले शव बोकेको एम्बुलेन्समासमेत क्षति पुगेकाले थप क्षति रोक्न यता ल्याएका हौ।’ खड्काले यदि परिवारले रंगेलीनै लैजान चाहेमा सुरक्षाको व्यवस्थासहित रंगेली नै पठाउनसमेत तयार रहेको बताए।

बालज्योति बोर्डिङ स्कुलकी संस्थापक एवं शिक्षिकासमेत रहेकी मृतक भट्टराईका श्रीमान विद्या नेपाल, ४ वर्षिय छोरा १४ वर्षिया छोरी छन्। दुई चक्काको बिचमा परेर बाँचेः घाइते विकल भट्टराई

बसको ठक्करबाट घाइते भएका विकल भट्टराईका अनुसार “रमाइलोबाट म दिदीलाई लिएर आउँदै थिए। अलिकति तल भौसाबारीको काठ मिल नेर आइपुग्दा तिब्र गतिमा आएको स्कुलको बसले हामीलाई ओभरटेक गरेर गयो।”

अलिक तल पुगेपछि गाडी सिधै हाम्रो अगाडि रोकियो। हामीलाई अगाडि जाने बाटो नै भएन। मैले पनि गाडी रोकेँ। बस त एक्कासी ब्याक सारेर आयो। हामीलाईसमेत सोहोरेर गाडी धेरै पछाडिसम्म लग्यो। अलिकति पर्तिर पुगेपछि म कसो कसो गरेर अगाडि र पछाडिको चक्काको बिचबाट निस्कन पुगेँछु।

मेरो टाउकोमा हेल्मेटनै थियो गाडीलाई हेल्मेटले हानेपछि बल्ल रोकियो। गाडीभरी विद्यार्थीहरू थिए। मेरो पछाडि बसेकी दिदीलाई पछाडिको चक्काले भेटेछ। दिदीको विभत्स अवस्था देखेँ। मेरो त होस नै रहेन। त्यसपछि होस आउँदा हस्पिटलमा थिएँ।

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...