News Portal

संसद पुनर्स्थापना गरिदिए सीमा विवादको मुद्धा कहिलै नउठाउने भारतलाई प्रचण्डको प्रस्ताव

हिमालीसंचार संवाददाता
५७२ पटक

काठमाडौँ – कुर्सी र सत्ताको लागि मायुर खेलाडीको रुपमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई गलत्याउन पाए भारतसँगको सीमा विवादको मुद्धा कहिलै पनि उठान नगर्ने सर्त गरी संसद पुनर्स्थापना गरिदिन भारतसँग सहमति गरेको तथ्य सार्वजनिक भएको छ।

संवादको क्रममा प्रचण्डले भारतसँग सवैकुरा मिलाइसकेको पनि बताउनुभएको छ। स्रोतका अनुसार संबिधानअनुसार पुनःस्थापना हुन संभव नभएपनि भारतले संसद पुनःस्थापना गरिदिए कालापानी, लिपुलेक र लिम्पयाधुराको मुद्दालाई कहिल्यै नउठाउने सर्तनामा गरेको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन असफल बनेपछि बरिष्ठ नेता माधवकुमार नेपालसहित पार्टीबाट अलग हुनुभएका अध्यक्ष प्रचण्डले भारतले संसद पुनस्थापना गरिदिने बचन दिएको भन्दै ढुक्क रहन आफू निकट नेता कार्यकर्तालाई सुझाव दिनुभएको तथ्य खुलेको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले आज चितवनका आफू निकट एक कार्यकर्तासँग यस्तो पोल खोल्नुभएको हो। स्रोतका अनुसार प्रचण्डले आफूले नेपालका लागि पूर्वभारतीय राजदुत श्यामशरणसँग पटकपटक कुराकानी गरेको र उनले भारतका बिशेष ब्यक्तिहरुसँग कुराकानी गरेपछि संसद पुनःस्थापना गरिदिने बचन दिएको जानकारी दिनुभएको छ।

प्रचण्डले चितवनका नन्दलाल दाहालसँग टेलिफोन संवाद गर्दा यस्तो जानकारी दिनुभएको स्रोतले बतायो। ‘भर्खरै पनि मेरो श्यामशरणसँग कुरा भएको छ, ढुक्क हुनोस अव संसद पुनःस्थापना हुन्छ, अदालतबाट हाम्रा लागि यो काम गरिदिन्छौं भनेका छन, ओलीको केही लाग्दैन,’ स्रोतका अनुसार नन्दलालसँग प्रचण्डको भनाई थियो। (जनताटाइम्स)

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...