News Portal

  • संसद पुनर्स्थापना गरिदिए सीमा विवादको मुद्धा कहिलै नउठाउने भारतलाई प्रचण्डको प्रस्ताव

    हिमालीसंचार संवाददाता
    ४६७ पटक

    काठमाडौँ – कुर्सी र सत्ताको लागि मायुर खेलाडीको रुपमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई गलत्याउन पाए भारतसँगको सीमा विवादको मुद्धा कहिलै पनि उठान नगर्ने सर्त गरी संसद पुनर्स्थापना गरिदिन भारतसँग सहमति गरेको तथ्य सार्वजनिक भएको छ।

    संवादको क्रममा प्रचण्डले भारतसँग सवैकुरा मिलाइसकेको पनि बताउनुभएको छ। स्रोतका अनुसार संबिधानअनुसार पुनःस्थापना हुन संभव नभएपनि भारतले संसद पुनःस्थापना गरिदिए कालापानी, लिपुलेक र लिम्पयाधुराको मुद्दालाई कहिल्यै नउठाउने सर्तनामा गरेको बताइएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन असफल बनेपछि बरिष्ठ नेता माधवकुमार नेपालसहित पार्टीबाट अलग हुनुभएका अध्यक्ष प्रचण्डले भारतले संसद पुनस्थापना गरिदिने बचन दिएको भन्दै ढुक्क रहन आफू निकट नेता कार्यकर्तालाई सुझाव दिनुभएको तथ्य खुलेको छ।

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले आज चितवनका आफू निकट एक कार्यकर्तासँग यस्तो पोल खोल्नुभएको हो। स्रोतका अनुसार प्रचण्डले आफूले नेपालका लागि पूर्वभारतीय राजदुत श्यामशरणसँग पटकपटक कुराकानी गरेको र उनले भारतका बिशेष ब्यक्तिहरुसँग कुराकानी गरेपछि संसद पुनःस्थापना गरिदिने बचन दिएको जानकारी दिनुभएको छ।

    प्रचण्डले चितवनका नन्दलाल दाहालसँग टेलिफोन संवाद गर्दा यस्तो जानकारी दिनुभएको स्रोतले बतायो। ‘भर्खरै पनि मेरो श्यामशरणसँग कुरा भएको छ, ढुक्क हुनोस अव संसद पुनःस्थापना हुन्छ, अदालतबाट हाम्रा लागि यो काम गरिदिन्छौं भनेका छन, ओलीको केही लाग्दैन,’ स्रोतका अनुसार नन्दलालसँग प्रचण्डको भनाई थियो। (जनताटाइम्स)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...