News Portal

प्रचण्ड-नेपाल समूह सरकारविरुद्धको आन्दोलनमा फेरी सडकमा उत्रदै

हिमालीसंचार संवाददाता
४४४ पटक

काठमाडौँ – विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो।

पुस १४ गते देशभर एकसाथ विरोधसभा गरेको सो समूहले संघर्षका थप कार्यक्रमका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको थियो। तर ती दलले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि एकल रूपमा संघर्षका कार्यक्रम घोषणाको तयारीमा प्रचण्ड–नेपाल समूह लागेको हो।

अहिले जिल्लाजिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहको प्रदर्शन भइरहेको छ। साथै सबै जनवर्गीय संगठन र मोर्चा संगठनका केन्द्रीय बैठक र भेला पनि भइरहेका छन्। २० गते सबै नगरपालिका र गाउँपालिकासम्म पार्टी बैठक र भेला तथा पुस २५ गते सबै वडामा बैठक र भेला गर्ने प्रचण्ड–नेपाल समूहले जनाएको छ।

सो समूहका पार्टी अध्यक्षद्वय पुष्पकमल प्रचण्ड र माधवकुमार नेपालले पुस १५ गते नै सरकारविरुद्ध आन्दोलनका लागि थप कार्यक्रम घोषणा गर्ने बताएका थिए। तर बुधबार सो समूहको स्थायी कमिटीको बैठक नै बस्न सकेन।

प्रचण्डपत्नी सीता प्रचण्ड बिरामी परेका कारण स्थायी कमिटीको बैठक बस्न नसकेको बताइएको छ। तर सो पार्टीका एक नेताका अनुसार कांग्रेसले सुरुमा संयुक्त आन्दोलनका लागि ‘ग्रिन सिग्नल’ दिएको थियो। यो समाचार आजको नागरिकदैनिकमा छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...