News Portal

टेण्डर सम्झौता नहुँदै भेरीगंगाले उठायो ३३ हजार घनमिटर नदीजन्य पदार्थ

हिमालीसंचार संवाददाता
४४३ पटक

सुर्खेत – भेरीगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन्का लागि टेण्डर आह्वान गरेपनि अमानतमै (नगरपालिकाले आफै राजश्व उठाउने) ३३ हजार घनमिटर बराबरको नदीजन्य पदार्थ निकासी गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्ष ०७७/७८ का लागि आईई प्रतिवेदन अनुसार ४२ हजार ९ सय ७२ दशमलव ३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने अनुमति पाएको छ।

आईई प्रतिवेदनको अनुमतिका आधारमा नगरपालिकाले मिति २०७७ मंसिर १७ गते ढुंगा, गिटि, बालुवा उत्खनन्का लागि बोलपत्र आह्वान गरेको थियो। यद्यपी नगरपालिकाले अमानतमा चालु आर्थिक वर्षको असोज १ गतेदेखि नै ढुंगा, गिटि, बालुवा निकासी गर्दै आएको छ। नगरपालिकाको छिन्चु खोला, डुंगी खोला र मोहटी खोलाबाट नदीजन्य पदार्थ उत्खनन् भैरहेको छ।

यि खोलाबाट हालसम्म ३३ हजार घनमिटर बराबरको ढुंगा, गिटी, बालुवा निकासी भएको हो। नगरपालिकाको राजश्व शाखाका अनुसार विल नम्बर सात हजार देखि नदीजन्य पदार्थको राजश्व विल काट्न सुरु गरिएको जनाइएको छ।

सोही अनुरुप मिति २०७७ पौष १६ गते विहान ८ बजेसम्म १३ हजार ८ सय ७२ नम्बरको विलमार्फत ट्याक्टरले ढुंगा निकासी गरेको छ भने, सोही दिन विहान ८ः३५ बजे विल नम्बर १३ हजार ८ सय ७८ मार्फत टिप्परले बालुवा निकासी गरेको छ। शाखाका अनुसार विल नम्बर ७ हजारदेखि लगातार रसिद काटिएको छ।

शाखाले दिएको जानकारी र विल नम्बरलाई आधारमानी ५ हजार ट्याक्टरले बोकेको नदीजन्य पदार्थको कूल परिमाण १५ हजार घनमिटर बराबरको प्रति ट्याक्टर २ सय ७० का दरले १३ लाख ५० हजार राजश्व रकम जम्मा भएको देखिन्छ भने २ हजार टिप्परले बोकेको कूल परिमाण १८ हजार घनमिटर प्रति टिप्पर ९ सय ५५ का दरले १९ लाख १० हजार राजश्व रकम जम्मा भएको बुझिन्छ।

ट्याक्टर र टिप्परको कूल परिमाणलाई जोड्दा पौष १६ गतेविहानसम्म ३३ हजार घनमिटर बराबर ३२ लाख ६० हजार राजश्व रकम नदीजन्य पदार्थ उत्खनन्मार्फत जम्मा भएको बुझिन्छ। यद्यपी आईई प्रतिवेदनमा तोकिएको ४२ हजार ९ सय ७२ दशमलव ३५ घनमिटरबाट अमानतमा निकासी भएको परिमाण घटाउदा ९ हजार ९ सय ७२ घनमिटर मात्रै चालु आर्थिक वर्षमा नदीजन्य पदार्थ उठाउन पाउने देखिन्छ।

अब नगरपालिकाले ठेकेदार कम्पनीसँग सम्झौता गर्दा आईई प्रतिवेदन अनुसारको परिमाण र अमानतमा निकासी गरेको परिमाण घटाउने वा नघटाउने भन्नेमा चाँसोका साथ हेरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...