News Portal

अब अनलाइनबाटै पुनः श्रम स्वीकृति, पुस १७ बाट कार्यालय धाउनु नपर्ने

हिमालीसंचार संवाददाता
३८२ पटक

काठमाडौं – वैदेशिक रोजगार विभागले पुस १७ गतेबाट अनलाइबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था मिलाएको छ। योसँगै पुनः श्रम स्वीकृतिकै लागि विदेशिएकाहरु नेपाल फर्कनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन्। यो व्यवस्थाले श्रम स्वीकृति लिन मात्रै नेपाल आउनुपर्ने समस्या समाधान हुने विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि नेउपाने बताउँछन्। ‘‘यो व्यवस्थाले श्रम स्वीकृतिका लागि कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ।”

हाल दैनिक ७ सयको हाराहारीमा श्रम स्वीकृति लिन सर्वसाधारण श्रम कार्यालय पुग्ने गरेका छन्। ‘‘अनलाइनबाटै काम हुने भएपछि श्रम स्वीकृति लिने ८० प्रतिशतभन्दा श्रमिक लाभान्वित हुनेछन्,’’ उनले बाह्रखरीसँग भने, ‘‘गत ४ महिनामा करिब २५ हजारले पुनः श्रम स्वीकृति लिएका छन् भने ५ हजार ९ सयले नयाँ श्रम स्वीकृति लिएका छन्। यस्तै भिसा लिगलाइजेसनका लागि १४ सयले आवेदन दिएका छन्।’’

नयाँ श्रम स्वीकृति लिने समयमै श्रमिकको धेरै विवरण सिस्टममा भएका कारण पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सम्भव भएको उनले बताए। चाँडै नयाँ श्रम स्वीकृति लिने र लिगलाइजेसनका लागि पनि अनलाइनबाटै मिल्ने प्रविधि बनाउँदै गरेको नेउपानेले बताए।

अनलाइनबाट पुनः श्रम स्वीकृतिका लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत वैदेशिक रोजगारी कल्याणकारी कोषको रकम र बिमा शुल्क बुझाउन सक्नेछन्। पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि, राहदानीको प्रतिलिपि, अघिल्लोपटक र हाल प्राप्त गरको भिसा, रोजगार करारपत्र, जीवनबिमा, कल्याणकारी कोषमा रकम भुक्तानी गरेपछि मात्र पुनः श्रम स्वीकृति पाइने विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...