News Portal

अब अनलाइनबाटै पुनः श्रम स्वीकृति, पुस १७ बाट कार्यालय धाउनु नपर्ने

हिमालीसंचार संवाददाता
४३२ पटक

काठमाडौं – वैदेशिक रोजगार विभागले पुस १७ गतेबाट अनलाइबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था मिलाएको छ। योसँगै पुनः श्रम स्वीकृतिकै लागि विदेशिएकाहरु नेपाल फर्कनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन्। यो व्यवस्थाले श्रम स्वीकृति लिन मात्रै नेपाल आउनुपर्ने समस्या समाधान हुने विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि नेउपाने बताउँछन्। ‘‘यो व्यवस्थाले श्रम स्वीकृतिका लागि कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ।”

हाल दैनिक ७ सयको हाराहारीमा श्रम स्वीकृति लिन सर्वसाधारण श्रम कार्यालय पुग्ने गरेका छन्। ‘‘अनलाइनबाटै काम हुने भएपछि श्रम स्वीकृति लिने ८० प्रतिशतभन्दा श्रमिक लाभान्वित हुनेछन्,’’ उनले बाह्रखरीसँग भने, ‘‘गत ४ महिनामा करिब २५ हजारले पुनः श्रम स्वीकृति लिएका छन् भने ५ हजार ९ सयले नयाँ श्रम स्वीकृति लिएका छन्। यस्तै भिसा लिगलाइजेसनका लागि १४ सयले आवेदन दिएका छन्।’’

नयाँ श्रम स्वीकृति लिने समयमै श्रमिकको धेरै विवरण सिस्टममा भएका कारण पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सम्भव भएको उनले बताए। चाँडै नयाँ श्रम स्वीकृति लिने र लिगलाइजेसनका लागि पनि अनलाइनबाटै मिल्ने प्रविधि बनाउँदै गरेको नेउपानेले बताए।

अनलाइनबाट पुनः श्रम स्वीकृतिका लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत वैदेशिक रोजगारी कल्याणकारी कोषको रकम र बिमा शुल्क बुझाउन सक्नेछन्। पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि, राहदानीको प्रतिलिपि, अघिल्लोपटक र हाल प्राप्त गरको भिसा, रोजगार करारपत्र, जीवनबिमा, कल्याणकारी कोषमा रकम भुक्तानी गरेपछि मात्र पुनः श्रम स्वीकृति पाइने विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...