News Portal

राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालीसंचार संवाददाता
३६८ पटक

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका कर्मचारीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले वाणिज्य बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षत्री, उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ताविरुद्ध १ करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ। उनीहरूमाथि किर्ते कागजातको मूल्यांकन गरी ऋण प्रवाह गरेको आरोप छ।

यस्तै, ऋण लिने रिजवान अहमत जसगढ, सकिना जसगढ र फहमिदा बानो जसगढविरुद्ध पनि मुद्दा दायर गरेको छ। उनीहरूमाथि ७५ लाखदेखि १ करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। धितो मूल्यांकनकर्ता कर्णबहादुर के–केमाथि समेत १ करोड २५ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ। (कान्तिपुर)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...