News Portal

राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा विघटनको विषय उठाउन नपाइने

हिमालीसंचार संवाददाता
४२० पटक

काठमाडौं – पुष १७ गते बोलाइएको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा विघटन सम्बन्धी विषय उठाउन नपाइने भएको छ। राष्ट्रियसभाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफ्नो कार्यसूचीमा नराखेको बताएको छ।

यो विषयमा राष्ट्रियसभा सदस्यहरुले पनि प्रश्न उठान नपाउने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि राष्ट्रियसभाको बैठक भने यही पुस १७ गतेका लागि बोलाउनुभएको थियो।

राष्ट्रियसभाको अधिवेशनमा प्रतिनिधिसभा विघटनको विषयमा के कसरी कुरा उठ्छ भन्ने आमचासोको विषय बनेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको सातौँ अधिवेशन पुस १७ गते दिउँसो ४ बजे आह्वान गरेसँगै संघीय संसद् सचिवालयले अधिवेशनको तयारी पूरा गरेको बताएको छ।

यस्तै, राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन्। राष्ट्रियसभाको यस अधिवेशनमा विधेयक पास गर्ने विषय नै मुख्य रहेको संसद सचिवालयले जानकारी दिएको छ।

राष्ट्रियसभा अधिवेशनको मुख्य विषयवस्तु अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, सरकारले जारी गरेका सातओटा अध्यादेशहरु– यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशलगायत रहेका छन्।

त्यसैगरी, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धीपत्र, प्रतिनिधिसभा विघटनसम्बन्धीपत्र, राष्ट्रियसभाले जारी गरेको समिति गठनसम्बन्धी आदेश, शोक प्रस्तावहरु, संवैधानिक आयोगका प्रतिवेदनहरु, राष्ट्रियसभाका विषयगत समितिका प्रतिवेदन, विधेयकको अवस्थामा सम्बन्धमा छलफल हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...