News Portal

धनगढीमा दुई प्रहरीकाे हत्याका मुख्य योजनाकार सीमा क्षेत्रबाट पक्राउ

हिमालीसंचार संवाददाता
५०० पटक

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका –१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीकाे हत्याका मुख्य योजनाकार पक्राउ परेका छन्। गत कात्तिक १ गते तस्करीविरूद्ध डिउटीमा खटिएका २ जना प्रहरीको हत्या भएकाे थियाे।

उक्त घटनाका मुख्य आरोपीलाई शुकदेव रानालाइ कैलाली प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेकाे हाे। पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार उनी धनगढी उपमहानगरपालिका –१० कै स्थानीय हुन्। उनी तस्करीमा संलग्न रहेकाे र उक्त हत्याकाण्डका मुख्य योजनाकार रहेकाे प्रहरीले जनाएकाे छ। नेपालबाट भारत र भारतबाट नेपालमा आउने सामान तस्करीमा उनकाे संलग्नता रहेकाे प्रहरी कार्यालय कैलालीमा प्रमुख प्रहरी उपरीक्षक जबराले बताए।

घटनापछि राना भारत फरार भएका थिए। त्यसदिन पनि तस्करीको ट्रान्जिट मानिने जुगेडा क्षेत्रमा प्रहरीसँग तरकरहरुको गिरोहकाे झडप भएकाे र घरलु हतियारले हानी प्रहरीकाे हत्या गरेकाे कैलाली प्रहरीको निष्कर्ष छ। जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदकाे हत्यापछि शव माेहना नदीमा फेला परेकाे थियाे।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...