News Portal

भारत भ्रमणमा परराष्ट्रमन्त्री ज्ञवाली जाने, प्रधानमन्त्रीले भारत भ्रमण गर्ने हल्ला !

हिमालीसंचार संवाददाता
४३७ पटक

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने तयारीमा रहेको परराष्ट्र स्रोतले जनाएको छ। उहाँको भारत भ्रमणको मिति तय भने भइनसकेको स्रोतले जनाएको छ। यद्यपि, परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण केही दिनमै हुने स्रोतले बतायो। मन्त्री ज्ञवाली दुई पक्षिय वार्ताको लागि भारत जान लाग्नु भएको हो।

मंसिर ११ गते काठमाडौं आउनु भएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलामार्फत भारतीय विदेदेशमन्त्री एस जयशंकरले दुई पक्षिय वार्ताका लागि मन्त्री ज्ञवालीलाई निम्तो पठाउनु भएको थियो। मन्त्री ज्ञवलीको भ्रमण अघि नेपालस्थित भारतीय दूतावास र नेपालस्थित भारतीय दूतावासले विभिन्न तयारी भइरहेको बताएका छन्।

नेपालमा आन्तरिक राजनीतिक संकट गरेका बेला भारतमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल भ्रमण गर्ने भन्दै हल्ला फैल्याइएको छ। भारतका संचार माध्यमहरुले शुक्रबार प्रधानमन्त्री ओलीले २०२१ जनवारी पहिलो सातामै भ्रमण गर्ने भन्दै समाचार छापेका थिए तर, प्रधानमन्त्री ओलीको भ्रमणबारे परराष्ट्रमन्त्रालयले जानकारी नभएको बताएको छ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...