News Portal

मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने !

हिमालीसंचार संवाददाता
६०१ पटक

काठमाडौं – आज साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। नेकपा विभाजनपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो। प्रायः सोमवार र विहीवार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज शुक्रवार साँझ ६ बजे बैठक बस्ने भएको छ।

आजको बैठकले प्रदेशसभा विघटनको सिफारिस हुनसक्ने आँकलन समेत गरिएको छ। प्रदेश सरकार विरद्ध अविश्वास प्रस्ताव आए आफूले कडा कदम चाल्ने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसहेका छन्।

आजै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बिरुद्ध पुष्पकमल दाहाल प्रचण्ड माधबकुमार नेपाल समुहले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् भने, दाहाल-नेपाल समुहका तीन मन्त्रीले राजीनामा दिएका छन्।

प्रदेश नं. १ र लुम्बिनीमा मुख्यमन्त्री ओली पक्षिय छन् भने, प्रदेशसभामा दाहाल-नेपाल पक्षिय सांसद धेरै छन्। एक र लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री बिरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने भएकाले प्रधानमन्त्रीले प्रदेशसभा विघटनको प्रस्ताव गर्न सक्ने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...