News Portal

मैदाको रोटी र पास्ताले हुन सक्छ मानसिक समस्या

हिमाली संचार संवाददाता
७९२ पटक

मैदाको रोटी र पास्ताजस्ता खानेकुरामा पाइने ग्लुटेन -खानेकुरामा पाइने प्रोटिनको समूह) ले मानिसहरुमा मानसिक समस्या पनि निम्त्याउने पत्ता लागेको छ ।

वैज्ञानिकहरुका अनुसार केही मानिसहरुमा मैदाको रोटी र पास्ता खाएपछि त्यसमा रहेको ग्लुटेन नामको तत्वले मानसिक स्वास्थ्यमा विभिन्न समस्या ल्याउँछ ।

सेलिएक समस्या (सजिलै खानेकुरा नपच्ने) का कारण मानिसहरु साँच्चै नै प्रोटिनयुक्त खानेकुरा धेरै रुचाउँदैनन् । करिब १ प्रतिशत मानिसमा यो समस्या हुन्छ । तर, यो भन्दा धेरै करिब १२ प्रतिशत मानिसहरुलाई भने ग्लुटेनले समस्या पार्छ जसले पेट फुल्ने र वान्ता हुने गर्छ ।

नन सेलिएक ग्लुटेन संवेदनशीलता साँच्चै हुन्छ वा मष्तिस्कमा मात्रै हुन्छ भनेर निर्धारण गर्न शोधकर्ताहरुले ब्लाइन्ड फुड टेस्ट गरे र ती मानिसहरुको लक्षणहरुको परीक्षण गरे । यो प्रक्रियाबाट उनीहरुले केही मानिसहरुलाई उच्च ग्लुटेनको सेवन पछि वास्तविक रुपमा मानसिक स्वास्थ्य समस्याहरु देखिएको पाए । उक्त अध्ययन मेलबर्न अष्ट्रेलियाका ला ट्रोब विश्वविद्यालयका शोधकर्ताहरुले गरेका थिए ।

धेरै सातासम्म १४ जना सहभागीहरुलाई ग्लुटेन भएको र नभएको दुवैथरी दही र मफिन दिइएको थियो । तर, सहभागीहरुलाई कुनमा ग्लुटेन छ र कुनमा छैन भन्ने थाहा दिइएको थिएन । दुवै खालको खानेकुरा खाएपछि सहभागीहरुले भने उनीहरुलाई समान स्तरको पेट फुल्ने र बाउँडिने समस्या भएको बताए र त्यसले त्यो ग्लुटेन सेन्सिटिभिटी भन्दा अन्य चीजको कारणले भएको थाहा भयो ।

न्यू साइन्टिस्टका अनुसार विज्ञहरुले पेट फुल्ने र बाँउडिने कारण फ्लुक्टान भनिने कार्वोहाइड्रेटको कारणले वा ग्लुटेनकोे डरको कारणले भएको हुनसक्ने बताएका छन्। तर, उनीहरुले अध्ययनबाट जब मानिसहरुले ग्लुटेन खान्छन् त्यसपछि उनीहरु थकित जस्तो देखिने र उनीहरुमा सकारात्मक भावनाहरुको अनुभव कम हुने पत्ता लगाए । यसले ग्लुटेनले साँच्चै मानिसको मष्तिस्कमा असर गर्ने देखाउँछ ।

शोधको नेतृत्व गरेकी डा. जेसिका बिसेइकिरेस्कीले भनिन्, ‘हामीले ग्लुटेन खानसाथै सबैलाई निश्चत रुपमा निराश बनाउँछ भनेका छैनौं । यसले थोरै संख्याका मानिसहरुलाई मात्रै असर गर्छ ।’ ‘तर, मानिसहरुलाई ग्लुटेन नभएको खानेकुरा खाएपछि राम्रो महसुस भयो भनेर चाहिँ भन्न सकिन्छ’ उनले भनिन् ।

बिसेइकिरेस्कीका अनुसार मानिसहरुले ग्लुटेन खान छोडेपछि ताजा फलफूल र सागसब्जीहरु खान र स्वस्थ जीवनशैली अपनाउन चाहन्छन् । उनको अध्ययनले पत्ता लगाएको तथ्यहरु एक अर्को पुरानो अध्ययनसँग मिल्दोजुल्दो छ जसले प्रोटिन सेन्सेटिभ भन्दा धेरै ग्लुटेन सेन्सेटिभ मानिसहरुमा निराशाको लक्षणहरु धेरै देखापर्ने पत्ता लगाएको थियो ।

सन् २०१५ मा इटालीमा गरिएको अध्ययनले ग्लुटेन संवेदनशील मानिसहरुमा ग्लुटेनको सेवनपछि निराशामा बढाउने र ब्रेन फगिनेस हुने तथ्य पत्ता लगाएको थियो ।

अष्ट्रेलियाको न्युक्यासल विश्वविद्यालयका शोधकर्ता माइकल पोट्टर भन्छन्, ‘यी अध्ययनहरुले साँच्चै नै यस्ता मानिसहरुलाई ग्लुटेनको कारणले मानसिक स्वास्थ्य समस्याहरु देखिने र उनीहरुलाई विभिन्न अध्यारो चुनौतीहरु आइपर्ने देखाउँछ ।’

डाक्टर बिसेइकिरेस्कीको टिमले पत्ता लगाएका तथ्यहरु गत साता ग्यास्ट्रोएन्टेरोलोजिकल सोसाइटी अफ अष्ट्रेलियामा प्रस्तुत गरिएको थियो । डेलीमेलबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...