News Portal

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा, हाइड्रोको सेयरमा मध्यस्थता गरेको संवाद सार्वजनिक !

हिमालीसंचार संवाददाता
४६८ पटक

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिनु भएको छ। कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विषयमा भएको भिडियो तथा अडियो क्लिप सार्वजनिक भएपछि उहाँ विवादमा तानिनु भएकाे हाे।

भिडियो तथा अडियो क्लिपमा दुई करोड ५० लाख रुपैयाँ लेनदेनको विषय छ। श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ। भिडियो र अडियोमा देखिएका सुनिएका संवादमा श्रेष्ठले लामा, सुसन कर्माचार्य र इन्द्रा तामाङबीचको विवादलाई मिलाउने कोशीश गर्नुभएकाे देखिन्छ तर, त्यो भिडियो कहिलेको हो भनेर खुलाइएको छैन।

यो विवादको मुख्य विषयचाहिँ ८ करोडको प्रोजेक्टमा ३० प्रतिशत अर्थात् २ करोड ५० लाखको शेयर लगानी नगरी सुसनका नाममा लामाले गर्नुभएकाे थियाे। बैंकबाट लिएको ऋणको ब्याज शतप्रतिशतको आफूले मात्रै तिर्नुपर्ने भएपछि लामाले उक्त गुनासो गर्नुभएकाे स्पष्ट सुन्न सकिन्छ।

श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री हुनुभएकाे बेला लामालाई उहाँकै प्रस्तावमा दक्षिण कोरियाका राजदूत बनाएर पठाइएको थियो, त्यसवापत लामाले आफ्नो ८ करोडको लगानीमा बिना पैसा सुसनका नाममा साढे २ करोडको शेयर ट्रान्सफर गरिदिनु भएकाे थियाे।

श्रेष्ठले आफ्नी स्वकीय सचिव सुसन र इन्द्राको पक्ष लिएको र लामालाई नै व्यवाहार मिलाउनका लागि घुमाउरो दबाब दिइरहेको सुन्न सकिन्छ। ‘तपाईँ, सुसन र इन्द्रा तीनै जना मेरो मान्छे। मेरो परिवारभित्रको मान्छे यो विवाद मिलाउनेतिर लाग्नुस्,’ र्सावजनिक अडियो भिडियोमा श्रेष्ठले भन्नुभएको छ। लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन।

निधन हुनुभन्दा ६ दिन अगाडी लामाले आफ्नो पीडा सामाजिक सञ्जालमा राख्नु भएको थियो। लामाले लेख्नुभएकाे थियाे- ‘हाम्रा माहान पार्टीका माहान साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिन, थुईक्क जाली फटाहा द्रव्य पिशाचहरू।’ लामाले श्रेष्ठकाे नाम किटन नगरि लेख्नुभएपनि उहाँले श्रेष्ठप्रति नै संकेत गर्नुभएकाे थियाे।

त्यसमा इन्द्रमायाले आर्थिक कारोबारका विषयमा खुलेर भन्नु भएको छ। इन्द्रमायाले समाजिक सञ्जालमाै लेख्नुभएकाे छ- ‘आज आफ्नै मान्छेको स्टाटस देखेर अचम्म लाग्यो। आफ्नो घरको कुरो सामाजिक सञ्जालमा छरपस्ट पारेर अरुलाई मिथ्य आरोप लगाएर आखिर के गर्न खोजेको ? आफ्नो घरभित्रको समस्या आफैले समाधान गर्ने हो, अरुलाई दोष लगाएर समाधान हुँदैन। अलिकति आफ्नो इज्जत बाँकी छ भने यस्तो कार्य बन्द गर्नुहोस्।’

यसले पनि लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन भन्ने पुष्टि गर्छ। लामाले आफू मरेको अवस्थामा इन्द्रमायालाई नआउनू भनेरसमेत फेसबुकमा लेख्नुभएकाे थियाे।

यता, प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र हत्या गर्ने गरी प्रचार भएको बताउनुभएकाे छ। उहाँले लामाकै अनुरोधमा आफू मध्यस्थता बनेकाे स्वीकार्नु भएकाे छ। ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ,’ श्रेष्ठले भन्नुभयाे।

श्रेष्ठले आफू गलत नभएकाे र जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुने बताउनुभयाे। आफू दोषी देखिए दण्ड भोग्न तयार भएकाेसमेत प्रवक्ता श्रेष्ठले बताउनुभयाे। प्रवक्ता श्रेष्ठले लामाको निधनको दुःखद खबरबाट आफू मर्माहत भएको उल्लेख गर्नुभएकाे थियाे।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...