News Portal

गजुरमुखी जेभिकाे लापरबाही, नियमक निकाय माैन

हिमालीसंचार संवाददाता
३९८ पटक

रबिन्द्र बराल,
मोरङ – बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गतको झापा मोरङ खण्डको सुनवर्सि नगरपालिका-५ स्थित झिङ्गि टाेल नजिकै हुलाकी सडक निर्माणका भईरहेता पनि ठुला कम्पनीहरुकाे बारम्बार चरम लापरबाही हुने गरेको पाईएकाे छ।

साे सडकमा अहिले ठाउँठाउँमा कल्भट निर्माणकार्य भईरहेता पनि ठेक्केदार कम्पनीले भने कल्भट निर्माणमा कमसल ईट्टा प्रयाेग गरिरहेकाेे र सिमेन्ट समेन्ट समेत डल्लो भएको प्रयोग गरेकाे पाईएकाे छ। साे ठाउँमा गाउँ नभएको र सुनसान ठाउँ भएको मौका छाेपि ठेक्केदार कम्पनीका प्रमुखहरुकै निर्देशनमा कमशल काम गर्ने लगाएकाे स्थानीयकाे आराेप लगाएका छन।

केहि साता अगाडिसमेत साेहि ठाउँमा ३ नम्बर ईट्टाकाे प्रयोग गरेको भेटिएको र पुनः जमेकाे सिमेन्टसमेत प्रयोग गरेको भेटिएको छ। हुलाकी सडकका प्रमुख दिपेन्द्र पाण्डेका अनुसार कमशल काम गरेको पाईएमा निर्माण गरिएको कलभट पुनः भत्काएर नयाँ निर्माण गर्ने लगाउने बताए।

गजुरमुखी मोतीदान जेभिका कन्ट्याक मेनेजर दिपक बाेहराका अनुसार आफुहरुले स्टाेक गरेर राखिएको सिमेन्ट भएको हुनाले डल्ला परेकाे सुईकार गरेका छन। रतुवा डाइनिया रंगेली सेक्सन अन्तर्गत ० किमीदेखि १६+५०० किमीसम्मको खण्ड कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ।

उक्त कम्पनीकाे दुई खण्डमा गरि साे सडक कालोपत्रे गर्न ७७ कराेड ६७ लाख ६५ हजार ८ सय ४२ रुपैयाँमा ठेक्का पाएकाे छ। बारम्बार लापरबाही गर्दासमेत सम्धित निकायले बेवास्ता गर्दा ठेक्केदार कम्पनीहरुलाई उन्मुक्ति दिएकाे साेझाै अनुमान लगाउन सकिन्छ। सम्धित निकायले यस बिषयमा समयमै ध्यान दिनु जरुरी देखिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...