News Portal

राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा देशभर भएका र्‍यालीमा ऐक्यबद्धता जनाऔं – राजेन्द्र लिङ्गदेन

हिमालीसंचार संवाददाता
४७८ पटक

झापा – अहिले देशैभर राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा स्वतःस्फूर्त रूपमा भइरहेको र्‍यालीप्रति ऐक्यबद्धता जनाउँदै राप्रपा झापाले पनि वृहत् मोटर साईकल र्‍याली गर्ने भएको छ। समान विचार राख्ने सबै व्यक्ति, संस्था, सङ्गठन र पार्टीहरूलाई राष्ट्रिय झन्डा र आ-आफ्नो संस्था, सङ्गठन र पार्टीको झन्डासहित उक्त र्‍यालीमा सहभागी हुन राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनले अपिल गरेका हुन्।

राजसंस्था र हिन्दु राष्ट्रको पुनः स्थापना, सङ्घीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायत जनजीविकासंग सम्बन्धित विषयमा जनदबाब सिर्जना गर्न राप्रपा झापाले मङ्सिर २० गते विशाल मोटर तथा मोटरसाइकल र्‍याली आयोजना गर्ने निर्णय गरेको छ।

उक्त र्‍याली व्यवस्थापनको लागि राप्रपा झापाले ध्रुव उप्रेती संयोजक र राजकुमार राईको सह-संयोजकत्वमा र्‍याली परिचालन समितिसमेत गठन गरेको छ। त्यस्तै जिल्ला अध्यक्ष अम्बर विष्टको संयोजक रहेको निर्देशन परिचालन समिति, उपाध्यक्ष कमल खरेलको संयोजनमा आर्थिक व्यवस्थापन समिति र मिडिया नेपालका झापा अध्यक्ष रञ्जित प्रसाईंको संयोजकत्वमा प्रचारप्रसार समिति पनि गठन गरिएको छ।

मङ्सिर २० गते आयोजना गरिएको मोटर तथा मोटरसाइकल र्‍याली काँकडभिट्टावाट सुरु भई दमकसम्म पुग्ने जनाइएको छ। सबै गाउँ नगर क्षेत्रीय समितिको बैठक बसी २० गते आ-आफ्नो गाउँ नगरबाट सहभागी हुने मोटरसाइकलको विवरण जिल्ला समितिमा पठाउन भनिएको सचिव केशव ओझाले जानकारी दिए।

साथै विभिन्न धार्मिक सङ्गठन, समूहसंगसमेत समन्वय गरी व्यापक सहभागिता जुटाउन सबै क्षेत्रबाट क्रियाशील रहनसमेत राप्रपा झापाले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...