News Portal

  • राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा देशभर भएका र्‍यालीमा ऐक्यबद्धता जनाऔं – राजेन्द्र लिङ्गदेन

    हिमालीसंचार संवाददाता
    ३९३ पटक

    झापा – अहिले देशैभर राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा स्वतःस्फूर्त रूपमा भइरहेको र्‍यालीप्रति ऐक्यबद्धता जनाउँदै राप्रपा झापाले पनि वृहत् मोटर साईकल र्‍याली गर्ने भएको छ। समान विचार राख्ने सबै व्यक्ति, संस्था, सङ्गठन र पार्टीहरूलाई राष्ट्रिय झन्डा र आ-आफ्नो संस्था, सङ्गठन र पार्टीको झन्डासहित उक्त र्‍यालीमा सहभागी हुन राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनले अपिल गरेका हुन्।

    राजसंस्था र हिन्दु राष्ट्रको पुनः स्थापना, सङ्घीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायत जनजीविकासंग सम्बन्धित विषयमा जनदबाब सिर्जना गर्न राप्रपा झापाले मङ्सिर २० गते विशाल मोटर तथा मोटरसाइकल र्‍याली आयोजना गर्ने निर्णय गरेको छ।

    उक्त र्‍याली व्यवस्थापनको लागि राप्रपा झापाले ध्रुव उप्रेती संयोजक र राजकुमार राईको सह-संयोजकत्वमा र्‍याली परिचालन समितिसमेत गठन गरेको छ। त्यस्तै जिल्ला अध्यक्ष अम्बर विष्टको संयोजक रहेको निर्देशन परिचालन समिति, उपाध्यक्ष कमल खरेलको संयोजनमा आर्थिक व्यवस्थापन समिति र मिडिया नेपालका झापा अध्यक्ष रञ्जित प्रसाईंको संयोजकत्वमा प्रचारप्रसार समिति पनि गठन गरिएको छ।

    मङ्सिर २० गते आयोजना गरिएको मोटर तथा मोटरसाइकल र्‍याली काँकडभिट्टावाट सुरु भई दमकसम्म पुग्ने जनाइएको छ। सबै गाउँ नगर क्षेत्रीय समितिको बैठक बसी २० गते आ-आफ्नो गाउँ नगरबाट सहभागी हुने मोटरसाइकलको विवरण जिल्ला समितिमा पठाउन भनिएको सचिव केशव ओझाले जानकारी दिए।

    साथै विभिन्न धार्मिक सङ्गठन, समूहसंगसमेत समन्वय गरी व्यापक सहभागिता जुटाउन सबै क्षेत्रबाट क्रियाशील रहनसमेत राप्रपा झापाले अनुरोध गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...

    देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

    काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि...

    प्रचण्डको प्रश्न : समान मुद्दा उठाउँदा पनि आगजनी किन ?

    काठमाडौं, भदौ २६ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन र माओवादीको...

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...