News Portal

आठ महिनादेखि बन्द मनकामना केवलकार सञ्चालन गर्न स्थानीयको माग

हिमालीसंचार संवाददाता
४४२ पटक

गोरखा – करिव आठ महिनादेखि बन्द रहेको मनकामना केवलकार संचालन गर्न स्थानीयले माग गरेका छन् । केवलकार सञ्चालन गर्न माग गर्दै आइतबार वडा कार्यालयमा निवदेन बुझाइएको उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका अध्यक्ष हरि श्रेष्ठले बताए ।

इकाइको पहलमा आइतबार जनप्रतिनिधि, राजनितिक दल, व्यापारी, संघसंस्थालगायतका सरोकारवालाहरुको बैठक बसेको थियो । ‘बैठकले केवलकार संचालन गर्न वडा कार्यालयमा निवदेन दिने भन्ने निर्णय गर्‍यो, सोही अनुसार वडा नम्बर २ र ३ को वडा कार्यालयमा हिजै निवदेन बुझायौं’ अध्यक्ष श्रेष्ठले भने ।

गाउँपालिकालाई भने मौखिक जानकारी गराएको उनले बताए । यही मंसिर १५ गतेभित्र केवलकार संचालन गर्न माग गरिएको उनले जानकारी दिए । मनकामना बजार यसअघि खुलिसकेको बताउदै श्रेष्ठले भने, ‘केवलकार मात्र बन्द हो, मोटरबाटोबाट भक्तजनहरु आइरहनुभएको छ, मन्दिर भित्र प्रवेश गर्न नपाएपनि बाहिरबाटै पूजाआजा गर्ने, नरिवल चढाउने गर्नुहुन्छ, बोका पनि मन्दिर वरपर पर्साएर होटलमा लगेर काट्ने गर्नभएको छ,’ उनले भने ।

केवलकार सञ्चालक मनकामना दर्शन प्रालिलाई पनि आफूहरुले अनुरोध गरिसकेको उनको भनाइ छ ।

बैठकमा अधिकांशले केवलकार सञ्चालन गर्न सहमत देखिएको स्थानीय दिनेश जोशीले बताए । ‘हामीले आज पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतका टोलीसँग छलफल ग¥यौ, उहाहरु पनि केवलकार संचालन गर्न सहमत हुनुहुन्छ,’ उनले भने । मन्दिर सञ्चालनका लागि पनि आफूहरुले आवश्यक पहल गर्ने उनले जानकारी दिए ।

स्थानीय सहमत भए आफूहरु पनि संचालन गर्न तयार रहेको मनकामना दर्शन प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले बताए । ‘मठमन्दिर नखुलेका कारण समस्या भएको हो,’ उनले भने, ‘तर स्थानीयहरु सहमत भएर स्थानीय सरकार र प्रशासन तयार भए हामीलाई पनि सञ्चालन गर्न कुनै आपत्ति छैन ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...