News Portal

वरिष्ठ नेता खनालले गरे सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहारको निन्दा

हिमालीसंचार संवाददाता
५१७ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले स्थायी समिति सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि गरिएको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय भएको बताएका छन्। नेकपा राप्ती नगर कमिटीको बैठकमा पाण्डेले मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरी गरिएको अभद्र व्यवहार तथा नाराबाजीको नेता खनालले निन्दा गरे।

उनले उक्त घटना सुनियोजित रहेको पनि बताए। नेता खनालले पाण्डेमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न सम्बन्धी कमिटीको ध्यानाकर्षण पनि गराए। उनले भनेका छन्, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु।’

पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला यस्ता घटनाहरूले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन पनि उनले नेता कार्यकर्तामा आग्रह गरे। खनालले पार्टीमा देखिएको समस्या समाधानको खोजी भइरहेको बेला सबैले संयमता अपनाउन पर्नेमा जोड दिए।

यस्तो छ वरिष्ठ नेता खनालले जारी गरेको विज्ञप्ति:

विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टी स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क. सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ।

कार्यक्रममा आफ्ना भनाइहरू राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले स गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवार पूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु।

कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु।

पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरू खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरूले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पूर्ण नेता/कार्यकर्तालाई विनम्र अनुरोध छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...