News Portal

  • वरिष्ठ नेता खनालले गरे सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहारको निन्दा

    हिमालीसंचार संवाददाता
    ३६५ पटक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले स्थायी समिति सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि गरिएको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय भएको बताएका छन्। नेकपा राप्ती नगर कमिटीको बैठकमा पाण्डेले मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरी गरिएको अभद्र व्यवहार तथा नाराबाजीको नेता खनालले निन्दा गरे।

    उनले उक्त घटना सुनियोजित रहेको पनि बताए। नेता खनालले पाण्डेमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न सम्बन्धी कमिटीको ध्यानाकर्षण पनि गराए। उनले भनेका छन्, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु।’

    पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला यस्ता घटनाहरूले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन पनि उनले नेता कार्यकर्तामा आग्रह गरे। खनालले पार्टीमा देखिएको समस्या समाधानको खोजी भइरहेको बेला सबैले संयमता अपनाउन पर्नेमा जोड दिए।

    यस्तो छ वरिष्ठ नेता खनालले जारी गरेको विज्ञप्ति:

    विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टी स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क. सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ।

    कार्यक्रममा आफ्ना भनाइहरू राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले स गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवार पूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु।

    कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु।

    पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरू खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरूले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पूर्ण नेता/कार्यकर्तालाई विनम्र अनुरोध छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...

    बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

    काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)...

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...