News Portal

अमेरिकामा आफूविरुद्ध प्रदर्शन भएपछि बाबुरामको आयो यस्तो प्रतिक्रिया

हिमाली संचार संवाददाता
९८३ पटक

काठमाडौं–   नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री       डा. बाबुराम भट्टराईले अमेरिकामा आफूविरुद्ध भएको प्रदर्शनको समाचारप्रति आपत्ति जनाएका छन् ।

अमेरिकामा एक कार्यक्रममा सहभागि हुने क्रममा त्यहाँका नेपालीहरुले उनीविरुद्ध प्रदर्शन गरेका थिए ।

उक्त समचार प्रकाशित भएकोप्रति टिप्पणी गर्दै डा. भटराइले सामाजिक सञ्जाल ट्वीटरमार्फत आपत्ति जनाएका हुन् ।

उनले आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन्–‘यो कस्तो पत्रकारिता हो कुन्नी ! पाँच सय जनाको सहभागितामा भित्र भएको उच्चस्तरीय विमर्श समाचार नबन्ने तर बाहिर ठ्याक्कै पाँच जनाको विरोध चाहिं भँगेरे अक्षरमा ! जो अगुवा उही बाटो…..! अनि देश कसरी समृद्ध बनोस् ?’

हिजो डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र उनकी धर्मपत्नी हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी गरेका थिए ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...